तरुण दलले अब मुलुकभर आन्दोलन चर्काउने

In नेपाल, मुख्य समाचार, समाचार, सुचना

तरुण दलले प्रहरी हस्तक्षेपको विरोधमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएको छ । शनिबार राजधानीमा भएको शान्तिपुर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरि कुटपिटमा उत्रिएको भन्दै तरुण दलले त्यसको विरोधमा आईतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने भएको हो ।

नयाँ वानेश्वर झडपमा घाईते भएकालाई भेट्न सिभिल अस्पताल पुगेका तरुण दलका उपमहासचिव दिनेश विक्रम शाहले प्रहरी दमनको विरुद्ध आन्दोलन चर्काउने बताए । दुई तिहाईको दम्भमा सरकारले शान्तिपुर्ण प्रर्दशनमा प्रहरी लगाएर दमन गरेको भन्दै उनले त्यस विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।

अस्पतालमा उपचाररत घाईतेहरुले जनताको आवाज दवाउन ओली सरकार प्रयत्नरत रहेको भन्दै त्यसको शसक्त प्रतिकार गर्ने बताए । घाईते तरुण दल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ का अध्यक्ष अमिर खड्काका अनुसार, अध्यक्ष जीतजंग बस्नेत सहित १ सय ५० बढी घाईतेले सिभिल अस्पतालमा उपचार गराएका थिए ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu