नोटमा लभ लेटर लेख्ने, केरमेट गर्ने , कुच्याउने, च्यात्ने अब जेल जाने

In नेपाल

काठमाडौँ :  नोट वा मुद्रामा केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो । उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यो ऐन आउँदो भदौ १ देखि लागू हुँदै छ ।
राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
नक्कली नोट वा सिक्का (खोटा) बनाएको पाइए १० वर्षसम्म कैद र लाख रुपैयाँसम्म जरिवाना हुनेछ । झुत्रा नोट दुरुपयोग गर्नेले पनि कारोबाही भोग्नुपर्नेछ । त्यस्ता नोट कानुनबमोजिम नष्ट नगरी कुनै लाभ पाउने बदनियतले प्रयोगमा ल्याएको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

आगलागीबाट करोडौँको क्षति

लम्की । कैलालीको बर्दगोरिया गाउँपालिका–१ सडकपुर बौनियाँमा इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी हुँदा करोडौँको क्षति भएको छ।  स्थानीय व्यापारी प्रकाशनाथको इलेक्ट्रोनिक्स

Read More...

सवारीमा कर बढाउने निर्णय ६ महिनाका लागि रोक्ने ट्रम्पको घोषणा

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाले खरिद गर्दै आएका सवारी साधनमा १० प्रतिशतबाट २५ प्रतिशत बढाउने भनिएको कर वृद्धि तत्कालका

Read More...

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको निधन

सिड्नी । अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ । देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu