महिलाको अपहरण भएको आशंकामा दुई जना पक्राउ

In नेपाल, मुख्य समाचार, समाचार, सुचना

लहान । दुई साताअघि घरबाटै बेपत्ता भएकी एकल महिला कारीदेवी यादवको अपहरण भएको हुन सक्ने भन्दै स्थानीयले उनका दुई जना आफन्तलाई नियन्त्रणमा लिइ प्रहरीमा बुझाएका छन्।

गत साउन २५ गते आफ्नै घरबाट बेपत्ता भएकी गोलबजार १० निवासी ५५ वर्षीया कारीदेवी यादवको घरजग्गा अंशको विषयमा विवाद रहेको र सोही विवादका कारण अपहरण भएको हुन सक्ने भन्दै उनीहरुलाई प्रहरीमा बुझाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भगिरथ रेग्मीले जानकारी दिए। पक्राउ परेका दुवै जनाको नाम प्रहरीले गोप्य राखेको छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको र महिलाकोसमेत खोजीकार्य भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए। एकल महिला यादवको खोजतलासमा प्रहरीले चासो नदिएकोे भन्दै स्थानीयले आजै पूर्व-पश्चिम राजमार्गअन्तर्गत चोहर्वा सडकखण्ड एक घण्टा अवरुद्ध गरेका छन्।

अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर कारीदेवीको अपहरण गरे पनि खोजीमा प्रहरीले तदारुकता नदेखाएकाले बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको स्थानीयले बताएका छन्।

स्थानीयको अवरोधका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन बाटोमै अलपत्र परेका थिए।

रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बाबुको हत्या आरोपमा युवक पक्राउ

रौतहट । आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत २८ माघमा रौतहटको दुर्गा भगवती

Read More...

बलेवा बिमानस्थल कालोपत्रे सुरु

बागलुङ नगरपालिका नारायणस्थानमा रहेको बलेवा बिमानस्थल शुक्रबारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १४

Read More...

स्काभेटर पल्टिदा सहचालक घाइते

बागलुङको जैमिनीमा स्काभेटर पल्टिएको छ । जैमिनी नगरपालिका वडा नं. ३ दमेक स्थित बाँसखानीमा स्काभेटर पल्टिदा सहचालक घाइते भएका

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu