दशैँ मनाएर उपत्यका भित्रिए यात्रु

In नेपाल, मुख्य समाचार, समाचार, सुचना

काठमाडौँ । नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दशैँ मनाउन घर गएका यात्रु दशैँको टीका लगाएर उपत्यका भित्रन थालेका हुन्।

महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन्। उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु भित्रिएका हुन्।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले विजयादशमीको टीका कात्तिक २ गते रहेकाले टीकालगत्तै काठमाडौँ फर्कने यात्रुको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए।

महाशाखाका अनुसार कात्तिक ३ गते एक लाख सात हजार ३४८, कात्तिक ४ मा एक लाख २१ हजार ६२६, कात्तिक ५ मा एक लाख २३ हजार ९१३ र कात्तिक ६ गते एक लाख १६ हजार ८२ यात्रु उपत्यका भित्रिएका छन्।

“दशैँ सकिएसँगै निजी सवारी साधनदेखि सार्वजनिक सवारी साधनसम्म मान्छे भरिएर उपत्यका भित्रिएका छन्”, उनले भने।

यस्तै कात्तिक ३ मा १२ हजार २७९, कात्तिक ४ मा १६ हजार ४०१, कात्तिक ५ मा १४ हजार ७२४ र कात्तिक ६ मा १४ हजार ५९९ सार्वजनिक सवारी साधन विभिन्न नाका हुँदै काठमाडौँ भित्रिएका छन्। दशैँ सकिएलगत्तै उपत्यकाका सडकमा गुड्ने सवारी साधनको सङ्ख्यामा समेत वृद्धि भएको महाशाखाले जनाएको छ।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

अबदेखि निर्वाचन पाँच तारे होटलमा होइन भृकुटी मण्डपमा पाल टाँगेर गर्छौः एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अबदेखि आफ्नो निर्वाचन पाँच तारे होटलमा नगर्ने भएको छ । पोखराको रुपाकोट रिसोर्टमा जनवरी १८

Read More...

कर्णालीका पाँच जिल्ला तीन दिनदेखि सञ्चारविहीन

सुर्खेत । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन

Read More...

धादिङमा खेलाडी र रेफ्रिबीच झडप : एकको मृत्यु, एक गम्भीर

दार्खा (धादिङ) : धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा युवाबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu