देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो

BY: himalayamail In कला तथा मनोञ्जन, नेपाल, समाचार, सुचना

म्याग्दी  –    तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ ।

यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले तिहारको अवसरमा आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी–भैलो आयोजना गर्दै आएका हुन् । बेनीको शिवालय मन्दिर संरक्षण समितिले ७०० वर्ष पुरानो बरको रुखको गजुर भएको शिवालय मन्दिरको प्रचारप्रसार यस्तो कार्यक्रम अघि बढाएको छ । म्याग्दी भ्रमण वर्षलाई सघाउने उद्देश्यले पनि भैलो खेलिएकोे उक्त समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो ।
म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घले पनि कला संस्कृतिको संरक्षणसँगै कोष वृद्धि तथा भ्रमण वर्षलाई लक्षित गतिविधि सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको छ ।नवीन आनन्द योग केन्द्रले योगाश्रम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष नवीन जुक्जालीले बताउनुभयो । परम्परालाई आधुनिक बनाउन देउसी–भैलोमा थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य समावेश गरिएका छन् ।

देउसी–भैलोमा मौलिकपन बढ्दै जाँदा यसको मर्म नै मेटिने खतरा रहेको ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । उक्त कार्यक्रम सङ्गितमय बनाउनाका साथै नृत्य कला भएका कलाकारका लागि आम्दानीको स्रोत बनेको छ । विभिन्न सङ्घ संस्थाले गाउने र नृत्य गर्ने कलाकारलाई आकर्षक पारिश्रमिक दिएर देउसी–भैलो खेल्न लगाइएकोे कलाकार रवि कार्कीले बताउनुभयो ।

रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बेलायतमा रहेका हाम्रा पाका आमाबाबा हरूलाई कोरोना भाइरसबाट कसरी जोगाउन सकिन्छ?: डा.सुमाया राई

By डा. सुमाया राईसंसार भरी कोरोना भाइरसबाट संक्रमित संख्याको वास्तविक चित्रबाट हामी निकै टाढ़ाछौं । WHO ले उपलब्ध गराई

Read More...

तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु

Read More...

कर्णालीमा एक हजार शैयाको क्वारेन्टाइन बनाइने

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकाले एक हजार बेडसहितको क्वारेन्टाइन स्थापना गर्न लागेको छ। शुक्रबार बसेको

Read More...

Leave a Reply

Mobile Sliding Menu