अस्पतालमा अन्धाधुन्ध गोली प्रहार, आक्रमणकारीसहित ४ को मृत्यु

In America, मुख्य समाचार, समाचार, सुचना

एजेन्सी। अमेरिकाको शिकागो शहरको मर्सी अस्पतालमा सोमबार भएको गोलीकाण्डमा आक्रमणकारीसमेत ४ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएको खबर छ । मारिएकामध्ये एक जना प्रहरी अधिकारी भएको बताइएको छ । अहिले अस्पताल खाली गराइएको छ ।

प्रहरीका अनुसार बन्दुकधारी आक्रमणकारी अस्पतालमा छिरेपछि सुरुमा एक महिलामाथि गोली चलाएका थिए । यी महिला आक्रमणकारीसँग सम्बन्धमा थिइन् । त्यसपछि आक्रमणकारीले प्रहरी र अन्य एक महिलामाथि गोली चलाए । एसपी एडी जोनसनका अनुसार उनले अन्धाधुन्ध गोली चलाउन थालेपनि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

अहिलेसम्म आक्रमणकारी प्रहरीको गोलीले मरेका हुन् वा आफैंले आफैंलाई गोली हानेका हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले आक्रमणको कारणको खोजी गरिरहेको छ । स्थानीय टिभी च्यानलले प्रत्यक्षदर्शीको हवाला दिँदै २० गोली चलेको आवाज सुनिएको जनाएको छ । एक रिपोर्टअनुसार अमेरिकामा २०१८ सालमा मात्र अहिलेसम्म गोली होका ४८ हजार ९ सय ५९ घटना भएका छन् जसमा २ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ । २४ हजार २ सय ३६ जना घाइते भएका छन् ।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu