नयाँयुगको बिज्ञापन प्रायोजक कर छलीमा बिबादित एनसेल,छाप्ने मिडिया र सरकार नीतिगत भ्रस्टाचारमा?

In Editor's choice

जगन कार्की

सरकारले नयाँ युगको सुरुवात भन्दै प्रम ओलीको राजश्री ठाँटका फोटा सहित गल्लि चोक सबैतिर सामाजिक सुरक्षा योजनाको थालनी भन्दै प्रचार गर्यो | के साँची यो नयाँ युगको सुरुवात दिने नयाँ काम थियो त ?
हो ! सराहनीय काम थियो , तर नयाँ र अनौठो काम थिएन यो सामाजिक सुरक्षा भत्ताको कोष जम्मा सुरु गर्ने निर्णय डा बाबुराम भट्टराई प्रधानमन्त्रि हुँदा सुरु गरिएको कांग्रेसका शेर बहादुर देउवाको पालामा संसद बाट पारित योजना कार्यनवयन गर्ने भाग परेको थियो यो सरकारलाई । अझ भनौं के पी ओलीले व्यक्तिगत भिजनमा ल्याएको कार्यक्रम भन्दा साम्सदहरुले महिनौं बहस गरेर , उद्योगी, ब्यापारीहरु र सरोकार वालाहरुको राय र सल्लाह अनि घनिभूत छलफल पश्चात आएको साझा दस्तावेजलाई जनप्रतिनिधिहरुले दिएको आदेश सिरोपर गर्दै कार्यनवयनमात्र गरेका हुन् केवल  !

इमान्दारीता साथ् कार्यन्वयन गर्ने जमर्को गरे पनि प्रचार प्रसार शैली अत्यन्त खेदपूर्ण र निन्दनीय छ ।

राता रात सपना देखेर ठुलो काम गर्न लागे झैँ काम र परिणाम नै नआई  बटाबाटामा पम्प्लेट , पोस्टर , पत्रिकाका कभर ज्याकेट , अनलाइनका फस्ट पेज सबै तिर फोटा सहितको फुल बिज्ञापन मिडियाको सबै भन्दा महँगो बिज्ञापन गरिने स्थान हो , यो कार्य केवल प्रचार मोह र विलासी खर्च देखिन्छ । यसका लागि ८ करोड खर्च गरिएको हल्ला बजारमा गरिएको छ त्यता तीर नजाउँ , त्यो बिज्ञापन कम्पनिहरुलाई गराउन लगाइएको भनिएको छ जुनकुरा खेद जनक छ र नीतिगत भ्रस्टाचारको रुपमा लिन सकिन्छ । छाप्ने मिडियाले पनि जसको पायो त्यसको पैसा लिएर ज्यकेट हाल्ने अनि त्यसकै बिरोध गर्ने कुन नीति र नैतिकता हो ?

जस्तै कि,  सरकारको ठुलो रकमको कर नतिरेको भनिएको एनसेलको एड सहित प्रमका फोटा भएका बिज्ञापन कान्तिपुर लगायतका पत्रिकामा आएका छन् । एउटा चोर बाट चन्दा उठाएर पुण्य काम गरेको जस्तो आभास दिने परम्परागत सिनेमाको दृश्यलाइ कतिपयले सामाजिक संजाल तिर सम्झेको देखियो ।

यो पक्ष त छंदै छ त्यत्रो अनियमिततामा मुछिएको एनसेलले त्यो काम गरेर सरकार आफ्नै इसारामा घुमेको छ वा आफु पावरफुल पहुँच वाला कम्पनि हु भन्ने खालको संदेश स्पस्ट दिन खोजेको आभास दिन्छ ।
अन्य बैंक तथा बित्तिय कम्पनिहरुले पनि त्यसरी नै नाम प्रयोग गरेर बिज्ञापन गरेको देखियो । एकाध अनलाइन बाहेक काठमाडौबाट छापिने सबै अनलाइन र ब्रोडसिटले यो बिज्ञापन छापेका छन् ।
यो प्रसङ्गको बिरोध गर्दै सबै छापाका सम्पादकहरु बोलेका छन् । अन्नपूर्णका ग्रुप एडिटर बिजयकुमार पाण्डेले पनि कटाक्ष गरेर लेखेका छन् उनले यो गलत बिज्ञापन भन्ने बोध भएको भए किन आफ्ना पत्रपत्रिकामा छाप्ने अनुमति दिए ?

भोलि एउटा हत्यारा कालो धन वालाले पनि त्यसरी नै आफ्नो कर्तुत छोप्न फोटा छाप्न लगाउँदा मिडियाले छाप्ने कि नछाप्ने ? चुनावमा आतंककारी र लुटेराहरुले चोरेको वा अबैध धन प्रयोग गरेर पत्रिकामा ठुलो फोटो हाल्न लागेर पुरै १ महिना सम्मको बिज्ञापन दिंदा बिज्ञापन बजाउने कि न बजाउने ? जस्ता यावत प्रश्न उब्जाएका छन् ।

यो घटनाको अब कुन सरकार र कुन मिडियाले निस्पक्ष छानबिन गरेर तथ्य निकाल्ने ? के नेपालमा यस्ता अनियमितता हेर्ने निस्पक्ष र स्वोतन्त्र निकाय हरु छन् ? पत्रकार महासंघको भूमिका के रहने ? मिडिया मोनिटर गर्ने निकायहरु बोल्ने कि नबोल्ने ?

ब्यबसायिक पत्रकारिताको धर्मले सामन्ती कै खाने अनि राति त्यसकै बिरुद्ध लेख्ने भन्ने उहिल्यै माओबादको ढाडमा चढेर टाउकोमा हान्ने रणनीती नै हो त ?  ठूला छापाका गन्य-मान्य सम्पादक, हाकिम , बरिस्ट पत्रकार बन्धुहरुको !

हो ! ठुला-ठुला नैतिक शिक्षाको पाठ पढ़ाउन , गीत गाउन त सजिलो छ ब्यबहारिक भएर संदेश दिन Lead by example गारो कुरा हो ।

पोलपोलमा टांगिएका प्रमका फोटा र पत्रिकामा ज्याकेट जस्तै अब सर्वसाधारण जनताले छपाएर निर्मलालाई न्याय माग्न पाउने कि न पाउने ? जसका पिता मानसिक रुपले विछिप्त भए आमा सडकमा न्यायको भिख मागिरहेकी छिन् तिनको न्यायको खोजिमा बिश्वभर छरिएर रहेका नेपाली ले १-१ रुपयाँ पैसा उठाएर ब्रोडसिट , छापा कब्जा गर्न पाउने कि न पाउने ?

मेन्स रुम रिलोड़ेड नामक सचेत युवाहरुको जमातले गल्लिमा पोस्टर त राख्न थालेको खबर माइसंसारमा उमेश श्रेष्ठले लेखेका छन् अब पत्रिका र अनलाइनका प्रथम पेजमा खुल्ने गरि १ हप्ता सम्म बिज्ञापन गर्नको लागि चन्दा उठाउने अभियान चलाउन अर्को समूह ननिस्किएला भन्न सकिन्न ।

आज नेपालीहरु निर्मलाको न्यायको लागि जस्तो सुकै सहयोग गर्न बिश्वभरबाट तयार रहेको अवस्था छ | के नेपाली मिडिया अथवा सफेद ब्यापार गरेर धन्दा चलाईरहेका कम्पनिहरु यसको लागि स्पोन्सर गर्न तयार छन् ?

गल्लि-गल्लिमा प्रमका फोटा देखेर कतिपय व्यक्तिहरु इरिटेट भएको काम भन्दा स्वाङ्ग र भ्वांग ठुलो भएको जस्ता आरोप लागेका छन् । केहि  पहिले रास्ट्रपतिको १८ करोडको गाडीको प्रसङ्ग त्यसरिनै चलेको थियो । कम्युनिस्ट सरकारको नाममा यस्ता विकृत आरोप लाग्नु र अनावस्यक ढरा कम गर्न केहि पनि कदम नचालिनु ,  सल्लाहकार टोलि आँफै अनावस्यक बिबाद निकालेर सारकारलाई फेल बनाउन लागेको देखि ओलीसंग असन्तुस्ट पक्ष नै पार्टी भित्र बाट नै असहयोग गर्न,  बदनाम गर्न लागेका समेत् प्रसङ्ग दैनिक सुनिन थालेका छन् , अहिले त्यता तिर पनि नजाउँ !

अहिले यहाँ उठाउन खोजिएको प्रसङ्ग एउटी गरिव परिवारमा जन्मिएकी निर्मला पन्तको बलात्कार हुन्छ , हत्या हुन्छ र सजिलै हत्यारा बलात्कारी उम्किने ठाउ पाउँछ । तिनको न्यायको लागि कडी-कडाईका साथ् अग्रसरता देखाउने पहल नगर्ने , सिन्डिकेट हटाउने हल्ला वाजीलाई चटक्कै बिर्सिने , ग्याँसका पाइप ल्याउने भाषण गर्ने भाषण सकिएपछि गोबर ग्याँस नै बन्द हुने घटना ताजा नै छन् ।

अब एक पछि अर्को प्रचारवाज र आत्मारती पक्कै शुभ संकेत हैनन् । प्रम ज्यूले अब पोस्टर मात्र हैन बाजा बजाउने भन्ने जस्ता अहंकारी शब्दको प्रयोगले सल्लाहकारहरु मात्र हैन प्रम स्वयं त्यो मनोरोगबाट ग्रसित हुनुहुन्छ भन्ने प्रस्ट देखिएको अवस्था छ ।

राम्रो कामको प्रचार प्रसार गर्न गाउँघरमा स्थानीय निकायलाई सार्वजनिक कार्यक्रम गरेर पनि गर्न सकिन्थ्यो ? प्रधानमन्त्रिको फोटो नै चाहिने थियो ? निर्मला पन्त जस्ता अन्यायमा परेका, भोखा निमुखाको फोटो हालेर पनि बिज्ञापन गर्न सकिन्थियो यस मामिलामा राजा महाराजा र केपी ओलीमा फरक देखिएन भन्ने जमात् पनि ठुलै देखिएको छ ।

बहुमतको सरकारले पाएको जनमत १ वर्ष पनि बितेको छैन तर जनमतको पारो ओर्लिन थालेको गल्लि चोकका असन्तुस्टीहरुले देखाऊछन् ।

यो देशलाई बनाउन र इतिहासले दिएको सुअवसरलाई सदुपयोग गर्ने अत्यन्त ठुलो नरिवलरुपी मौका केपी ओलि कमरेडको हातमा छ अब यो ऐतिहासिक नरिवललाई राम्रोसंग काटेर सबै जनतालाई प्रशाद स्वरूप दिनेकी घुएँत्रो बनाएर सबलाई ठोक्ने , सास्ती दिने अझ  त्यो भन्दा ठुलो नेपालमा अहिले सम्म धेरै ब्राण्डका कम्युनिस्ट क्रान्ति चलेर ,सपना बेचेर , खुन पसिना बगाएर कम्युनिस्ट सरकार शक्तिमा आएको छ अब नेपालमा यो समग्र ब्राण्डकै  अन्तिम परिक्षाको घडी चलिरहेको पनि हेक्का रहन जरुरी छ , आगे कमरेडहरुको मर्जी ।

कभर तस्बिर : माइ संसार, उमेश श्रेष्ठ

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

होली मनाउन जाँदै गरेका युवाको दुर्घटनामा मृत्यु

होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।  काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको

Read More...

१५ वटा सरकारी गाडीसहित २९७ सवारी ट्राफिक कारबाहीमा

उपत्यकामा बुधबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार

Read More...

कांग्रेस जिल्ला सभापति भेला चैत तेस्रो साता

केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था बहुमतका आधारमा पार्टी विधानमा राखिएकोमा असन्तुष्टि जनाएका कांग्रेस जिल्ला सभापतिले भेला बोलाएका

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu