प्रोपर्टीमा ब्रेक्जिटको प्रभाव कस्तो? घर किन्न या बेच्न फाईदा ? (भिडियो सहित )

In Editor's choice

लंडन :   बेलायत युरोपियन युनियनसंग बहिर्गमनको बिबाद संगै ब्यापारिक भबिस्यबाणी गर्न बजारलाई मुस्किल हुँदै गरेको अवस्था छ । युरोपसंग बिना सम्झौता बाहिरिने कि ब्यापारिक तथा यूरोपियन नागरिक र बेलायती नागरिकलाइ आवत जावतमा कुनै किसिमको सुविधा कायम गरेर सम्झौता गर्ने भन्ने सवालहरुमा बहस भईरहेको अवाव्स्था छ ।

लगानी कर्ताहरु, ब्यापारीहारु त्रसित रुपमा रहेको पाइन्छ | घरको मूल्य एक्कासी घट्ला भन्ने पिरले भर्खर घर किन्नेहरु त्रसित रहेको अवस्था छ भने नयाँ घर किन्नेहरु घरको दाम घटेको मौकामा योजना बुनिरहेको पाइन्छ ।

यसै बिषयमा बिशेष गरेर व्यापार तथा बित्तिय क्षेत्रमा कलम चलाउने हिमालय मेलका सम्पादक जगन कार्कीले बेलायतमा लामो समय देखि प्रोपर्टी बजारको कारोवार गर्दै आउनु भएका ऋषि खनाल र बैंकिंग क्षेत्रमा तथा मोर्गेजको काम गर्दै आउनु भएका गणेश अधिकारीसंग घरको मूल्य , किन-बेच र मोर्गेज लिंदा के कस्ता प्रावधान छन् भन्ने बिषयमा गरेको कुरकनीका आधारमा तयार गरीएको केही जानकारीहरू ।

केहि संछिप्त जानकारी लगायत बिस्तृतमा भिडियो हेर्नुहोला :
१. क्रेडिट स्कोरिंगलाई ध्यान दिनु होला – तपैले कतै डाइरेक्ट डेबिट बाट बिल तिर्ने वा लोन लिनु भएको छ बनाए समयमा नै किस्ता तिरेर समस्या नआएको बैंक खाता राम्रो मानिन्छ ।
२. कति सम्म नगद जम्मा गर्न सक्नु हुन्छ त्यो हिसाब गर्ने र बैंकले त्यसमाथि कति सम्म दिन सक्छ मोर्गेज सल्लाह दिने संग बुझ्ने
३. कम्तिमा ६ महिना अर्थात् १ वर्ष अगाडीनै यौजना बनाउने
४. नेपाल बाट घर जग्गा बेचेर पैसा ल्याउन पाइन्न हुण्डी वा अन्य माध्यम बाट ल्याउन खतरा हुन्छ ध्यान दिने
५. आम्दानीको स्रोत खुलाउन गिफ्टको भरपर्दो प्रमाणपत्र आवस्यक पर्दछ
६. बैंकले मोर्गेज पास गर्न पैसा भन्दा पनि नियमित आम्दानीलाइ मुख्य रुपमा लिने गर्दछन्

७ ) मासिक घर भाडा तिर्ने पिस मोर्गेजको पैसा तिर्दा आफ्नो घरको पैसा घटेर जाने हुन्छ

८. मोर्जेग एरेन्जमेन्ट फी , भ्यलुएसन फी , कानुनि , स्टाम्प फी जस्ता शुल्क लाग्ने गर्दछन् ।
९. भरपर्दो र सक्षम मोर्गेज एजेन्ट मार्फत काम गरेको राम्रो ।
१०. घर , रंग हेरेर भन्दा पनि छानो, सेन्ट्रल हिटिंग , तापक्रम लगायतका कुरा ध्यान दिन जरुरि छ ।

बेलायतमा घर किन्न , मोर्गेज लिंदा ध्यान दिनुपर्ने कुराहरु बिस्तृत जानकारी नेपाल एक्प्रेस लाइभ विथ जगन संगको ११ औँ श्रीन्खला : ब्रेक्जीट संगै प्रोपर्टी बजारको अवस्था बारे जानकारी :

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

चन्दका जिल्ला इञ्चार्ज पक्राउ

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ । रुकुमपश्चिम जिल्ला

Read More...

कार्यकर्तालाई संयमता अपनाउन समाजवादीको पार्टीको निर्देशन

काठमाडौं । पार्टी अध्यक्ष  तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको एक अन्तर्वार्तालाई लिएर पर्साको वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा तोडफोड भएपछि

Read More...

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताएका छन् । तनहुँको

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu