बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

In नेपाल, मुख्य समाचार, समाचार, सुचना

भक्तपुर    –    स्कुल छुटेर घर फर्कदै गरेकी एक विद्यार्थीको आफँै सवार स्कुल बसले ठक्कर दिँदा मृत्यु भएको छ । भक्तपुर नगरपालिका कमलविनायकस्थित रोम्बस इङ्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत चाँगुनारायण नगरपालिका–८ रानीबारी सुडालकी सात वर्षीया प्रतिष्ठा खत्रीको उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

अपरान्ह ४ः३० बजे विद्यार्थी पु¥याउन गएको बा १ क ७२८५ नम्बरको बसले सोही स्कुल बसमा सवार बालिका बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । घाइते विद्यार्थीको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बस र चालक भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३७ वर्षीय दिपक लाखेमरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले बताउनुभयो ।

रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu