संकटा क्लब दोस्रो

In खेलकुद, नेपाल, मुख्य समाचार, समाचार

संकटा क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो भएको छ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगको १२औं खेलमा बलियो प्रतिस्पर्धी थ्री स्टारलाई २-१ गोल अन्तरमा हराउँदै संकटा क्लबले लिगमा दोस्रो हुँने भएको हो।

खेलको ३० औं मिनेटमा थ्रीस्टारका लागि रञ्जन विष्टले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर खेलको ४२ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए।

संकटालाई जिताउन दुबै गोल गरेका तामाङले पुनः पेनाल्टीबाटै गोल गरेका थिए। खेलको ६३ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि संकटा लिगमा दोस्रो भयो। यता सुरूवाती अग्रता जोगाउन नसकेको उपाधि दाबेदार थ्री स्टार क्लब पराजित हुन पुग्यो।

जितसँगै संकटाले लिगको दोस्रो स्थान पक्का गरेको छ। लिगको उपविजेता बनेको संकटाले १२ खेलबाट २८ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको थ्री स्टारको २३ अंक छ।

अब लिगको अन्तिम खेलबाट विभागीय टोली त्रिभुवन आर्मी र एपिएफ क्लब तथा थ्री स्टारमध्ये तेस्रो, चौथो र पाँचौ हुनेछन्।

यसअघि आजै भएको लिगको १२ औं खेलमा हिमालयन शेर्पालाई हराउँदै उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रा कायमै राखेको छ।

हलचोकस्थित एपिएफ मैदानमा भएको खेलमा मनाङले शेर्पालाई २-१ गोल अन्तरमा हराउँदै लिगमा शतप्रतिशत जित निकालेको छ।

सेतोपाटी

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

करेन्ट लागेर मजदुरको मृत्यु

बेनी : जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा

Read More...

राजतन्त्र पुनस्र्थापना हुने खतरा बढ्यो : केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको

Read More...

सफल ब्यबसायी तथा समाजसेवी शकुन गुरुङको सह-कोशाध्यक्षमा उमेद्वारी

ब्यबसायी तथा समाजसेवी शकुन गुरुङले आसन्न गैर आवासीय नेपाली संघ बेलायतको सह-कोशाध्यक्षमा उमेद्वारी दिएकी छन् । एक सफल महिला

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu