नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतमा समिति गठन

In कला तथा मनोञ्जन, यूके समाचार, समाचार, सुचना

लन्डन । नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ सफल पार्न वेलायतस्थित नेपाली राजदूतावासले शनिवार साँझ दूतावास भवनमा एक समारोहका बीच आफ्ना भावि योजना सार्वजानिक गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र सो वर्ष नेपाल जाने पर्यटक संख्या २० लाख पुरयाउने लक्ष्य घोषणा गरेको जनाए । यसै बीच राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन गरिएको छ । उच्चस्तरिय मुल समितिको सदस्य सचिवमा दूतावासका उपनियोग प्रमुख शरदराज आरण तोकिएका छन् । साथै उक्त समितिमा एनआरएनए यूके, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेण्डसीप सोसाइटी, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, ब्रिटेन नेपाल एनजीओ नेटवक्स, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट, नेपाल पत्रकार महासंघ बेलायत लगायत यूकेमा रहेका क्रियाशिल सम्पूर्ण राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, क्षेत्रीय, जातीय र पेशागत संघसंस्था र समाजका अध्यक्षहरु पदेन सदस्य रहने छन । विशेष अतिथी नेपाल पर्यटन बोर्डका सिनियर डिरेक्टर आदित्य बरालले उच्चस्तरिय समिति घोषणा गरेका थिए । यस उच्चस्तरिय समितिले ‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ नारा राखेर सन् २०२० सम्म वर्षको एक लाख पर्यटक बेलायतबाट नेपाल भित्रयाउने लक्ष्य छ । भ्रमण वर्ष अभियानबारे थप प्रष्टयाउंदै प्रवर्धनात्मक भिडियो समेत देखाएका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथी ब्रिटेनको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेनबाट नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या एक लाख पुराउने लक्ष्य हासिल गर्न सकिने खालको भएको भन्दै त्यसकालागि बेलायतमा बसोबास गर्ने सबै समुदायमाझ भिजिट नेपालको सन्देश पुरयाउनु पर्ने बताए । सो अवसरमा इन्जिनियर घनश्याम पौडेल र संयुक्त श्रेष्ठले ‘टेकु दोभान (अ यूके नेपाल फ्रेन्डसीप प्रोजेक्ट) बारे प्रस्तुति दिएका थिए । उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा बेलायत स्थित्त बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । भिजिट नेपाल २०२०’ सफल पार्न सबिले आआफ्नो ठाउँबाट सैकड़ो सहयोग गर्दै आफ्नो एकजना बेलायती साथीलाई नेपाल भ्रमण गराउन हार्दिक अपील समेत गरिएकोछ ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

होली मनाउन जाँदै गरेका युवाको दुर्घटनामा मृत्यु

होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।  काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको

Read More...

१५ वटा सरकारी गाडीसहित २९७ सवारी ट्राफिक कारबाहीमा

उपत्यकामा बुधबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार

Read More...

कांग्रेस जिल्ला सभापति भेला चैत तेस्रो साता

केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था बहुमतका आधारमा पार्टी विधानमा राखिएकोमा असन्तुष्टि जनाएका कांग्रेस जिल्ला सभापतिले भेला बोलाएका

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu