भिजिट नेपाल २०२० तथा स्वास्थ्य चेतनाका लागि बेलायतमा “8K नेपाल रन” हुने

In यूके समाचार

लण्डन : शारीरिक तन्दुरुस्ती , स्वास्थ्य जीवन शैली तथा पार्क रन सम्बन्धि जागरण लगायतका उदेश्य लिएर आगामी २० जुलाईमा “नेपाल रन २०२०” आयोजना हुनेभएको छ ।
प्रविधिको बिकाससंगै हुने घटदो शारीरिक गतिबिधिले  क्यान्सर , हृदय घात तथा मधुमेह लगायतका संक्रमण नेपाल लगायत  बिश्वभरमा बढ्दै गएको र यस्ता  रोगबाट बच्न र शारीरिक  तन्दुरुस्ती र नियमित व्यायाम आवस्यकता रहेको जनाउदै चेतनाको लागि उक्त कार्यक्रम आयोजना गरिएको लामो समय देखि पार्क रन र म्याराथुनमा लागेका सन्तोस राई बताउछन् ।
पार्क रन संस्कार बिश्वभर फैलदै गएको र यसलाई नेपालीहरुमाझ पनि  चेतना ल्याउन साथै नेपाल सम्म यसलाई बिस्तार गर्ने उदेस्यले नेपाल रनको स्थापना गरिएको बिश्वका मुख्य ७ मध्ये ६ ओटा  म्याराथन दौडीसकेका सन्तोष राई बताउछन् ।
स्वास्थ्य र तन्दुरुस्तीलाई सामाजिक काम संगै  सामुहिकरुपमा दौडिएर  नियमित ब्यायाम गर्न उत्प्रेरणा दिने  पार्करन संस्कार  सबै नेपालीमा फैलाउने  उदेश्यका लागि नेपालरन भन्ने संस्थाको बेलायतमा अधिकारिक रुपमा दर्ता पनि गरि सकिएको जानकारी राईले दिए ।राईले नेवा रन , धरान रनको मार्फत यस अघि नै पार्करनलाई नेपालमा परिचित गरिसकेका छन् । 
शारीरिक  व्यायाम र शारीरिक तन्दुरुस्ती संगै  भिजिट नेपाल २०२० लाई पनि प्रबर्दनगर्ने उदेश्यले रन आयोजना गरिएको अर्का नियमित धावक पाण्डव महतो तथा यस अभियानका अर्का अभियन्ताको जिकिर छ । महतो दौडको माध्यम बाट नै आमासयको क्यान्सरलाई पनि जितेर तन्दुरुस्त जीवन बिताई रहेका व्यक्ति हुन् । आफु जस्तै रोगले ग्रसित् कोहि नबनोस बेलैमा नियमित दौड गरे सधै तन्दुरुस्त रहन सकिने उनको तर्क छ ।
प्रतियोगिताको लागी नर्थाला पार्कमा कुरा भई रहेको र चाडै पार्क उपलब्ध हुना साथ् पत्रकार सम्मेलन गरि स्थान र मिति घोसणा गरिने कार्यक्रमका सहजकर्ता तथा नियमित धावक राज ओझाले जानकारी दिए ।
कार्यक्रमको प्राविधिक र ब्यबस्थापकीय पक्षको  अध्ययन सन्तोष राई , बहत्तर लिम्बु , नरेश राना , निलु राई , उदेश देवान लगायतले गरिरहनु  भएको छ । चाडै नै वेब साइट निर्माणलाई पूर्णता दिएर आधिकारिक दर्ता फारम उपलब्ध गराइने नेपाल रनका अर्का अभियन्ता बहत्तर लिम्बुले जानकारी दिएका छन ।
कार्यक्रमलाई बृहद बनाउन नेपाल एम्बेसी , गैर आवासीय नेपाली संघ , पत्रकार महासंघ , नर्स , डाक्टर , लगायत सम्पूर्ण नेपाली लगायत बेलायतका सम्बंधित संघसंस्थाहरुसंग सहकार्य गरिने मीडिया सहयोगी जगन कार्कीले जानकारी दिए ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु

बागलुङ– बागलुङमा प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुद तथा पर्यटकिय क्षेत्रको बिकासका लागि युवा तथा खेलकुद

Read More...

५ सय गाडीको र्‍यालीसहितको विश्व रेकर्ड

प्रयागराज, भारत। भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्‍याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ। कुम्भ मेला विषेश ५०० बस

Read More...

होली मनाउन जाँदै गरेका युवाको दुर्घटनामा मृत्यु

होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।  काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu