८० मुलुकमा एनआरएनएको सञ्जाल, माल्टामा खुल्यो युरोपको २८ औं शाखा

In Europe, मुख्य समाचार, समाचार

 स्पेन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो ८० औं शाखा विस्तार गरेको छ। युरोपेली मुलुक माल्टामा संघको ८० औं शाखा खुलेको हो ।

योसँगै एनआरएनएको युरोप क्षेत्रमा मात्रै २८ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन भएका छन् भने एनआरएनएको ८० देशमा संगठित उपस्थिति भएको छ

मंगलबार माल्टाका गैरआवासीय नेपालीहरुको एक भेलाले तेजबहादुर लिम्वुको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

एनआरएनए युरोप क्षेत्रका संयोजक शिव कुमार बरुवालले युरोपमा नयाँ राष्ट्रिय समन्वय परिषद् थपिएको जानकारी दिए ।

लिम्वुको अध्यक्षतामा गठित तदर्थ समितिको उपाध्यक्षमा रेमलाल खनाल, कृष्ण थापा चयन भएका छन् भने महासचिवको जिम्मेवारी सन्देश केसीले पाएका छन् । सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः शंकर पोखरेल, सन्दिन पोखरेल र सरिता राई छानिएका छन्।

महिला संयोजकमा सुष्मा राई चुनिएकी छन् भने युवा संयोजकको जिम्मेवारी रोशन गिरीले पाएका छन् ।

सदस्यमा १७ जना चयन भएका छन् । सुशील अधिकारी, वासुदेव अधिकारी, राजीव दाहाल, शंकर खत्री, कुशकुमारी गुरुङ, कुलचन्द्र गौतम र महेश्वर श्रेष्ठ सदस्यमा चयन भएका हुन् । त्यस्तै शंकर गुरुङ, मनीता सेढाइँ, निरज ढकाल, प्रदीप काफ्ले, शिवशंकर राय, अर्विन पौडेल, दीपक खनाल, वीरेन्द्र घिमिरे र मनिष अर्याल पनि तदर्थ समितिको सदस्यमा मनोनित भएका छन् ।

माल्टामा कति नेपालीको बसोबास छ भन्ने यकिन तथ्यांक त छैन । तर, त्यहाँ करिब ४ हजार नेपाली रहेको अनुमान छ ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद्, माल्टा गठनका लागि बेल्जियम, यूके, जर्मनीलगायतका मुलुकहरुबाट एनआरएन अभियन्ता तथा पत्रकार माल्टा पुगेका थिए।

अनलाइन खबर

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

विप्लव नेतृत्वको नेकपामा संलग्न चार जना पक्राउ

सोलुखुम्बु–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् ।  सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४

Read More...

प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु

बागलुङ– बागलुङमा प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुद तथा पर्यटकिय क्षेत्रको बिकासका लागि युवा तथा खेलकुद

Read More...

५ सय गाडीको र्‍यालीसहितको विश्व रेकर्ड

प्रयागराज, भारत। भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्‍याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ। कुम्भ मेला विषेश ५०० बस

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu