प्रेम दिवस कि गुलाबको बजार महोत्सव ?

In Editor's choice, यूके समाचार

जगन कार्की

प्रणय दिवस ,

प्रेमका रंगहरुसंगै प्रेममय तरङ्ग बनि ,
सामाजिक संजालका भित्ताहरुमा छचल्किएर ,
प्रेमका बाछिटाले प्रेममय हृदयहरु मलिन बन्ने सुन्दर प्रहर;
कुरेर बसेका बैस्य युगका गुलाबका ब्यापारीहरुको,
बजार प्रबर्धनको महोत्सव जस्तो लाग्ने ।

त्यस्तै देखावटी बजारका उपभोक्ताहरू;
एकथरी ,
खोक्रो र रंग पोतीएको हेर्दा सुन्दर लाग्ने उपहार संगै,
मनभित्र रिस, राग,घृणा र डाहको पोको बोकेर,
ठुलो स्वरमा प्रणय दिवसको शुभकामना भन्नु ,
पवित्र प्रेमको देखावटी प्रहसन, उपाहस गरे झैँ लाग्ने ।

अर्काथरी,
अर्ति , उपदेश अनि प्रेमको परिभाषा सिकाउदै,
अरुको निन्दा र आलोचना गर्नेहरु,
प्रेमको देखावटी व्यपार चलाउनेहरु देखि
प्रेमलाइ स्वार्थको संकीर्ण घेरामा कैद गरेर,
घृणाको छुरा चलाउनेहरु,
स्वार्थ र संकुचित विलासी बिचारहरुसंगै,
प्रेम हृदयको ढोका नै बन्द भएर ,
प्रेमको परिभाषा नै भुली सडकमा अल्मलिएर,
प्रेमको डाह गर्दै छटपटीएका दुखि आत्माहरु झैँ लाग्ने ।

निन्दा त ,
नकरात्मकता , कुकर्महरुको गरेकों जाती !
प्रेमको उत्सव आफैमा घृणा निन्दा र तिरस्कार भन्दा माथि ।

प्रविधिको बेगसंगै , भौतिक सुखको प्रेममा फसेको मानिसलाइ, भावना र ब्यबहारको प्रेम फिक्का लाग्न थालेर हो कि ?
बार्षिक रुपमा स्मरण गर्ने दिवस जस्तो ,
प्रेमको दिवस एकदिन धुमधाम मनाइनु बिडम्बना झैँ लाग्ने ।

बिडम्बना नै सही , देखावटी नै सहि व्यस्त जीवनशैलीका बीच , एकै दिन भएपनि प्रेमको उत्सव मनाउन दिनु पर्छ ,
आखिर कहाँ तुलना हुनसक्छ र ?
फुल ब्यापारी, घृणा र नकारत्मक संदेशधारीहरुको तुलना ?
निश्चल हृदयहरुसंग , निस्वार्थ मायाँ र पागल प्रेमीहरुसंग ।

प्रेम न गरेर गरिन्छ , न भनेर हुने गर्छ ,
निस्वार्थ हृदयबाट हुने चिज हो माया ,
हुर्काउने फक्र्याउने फलाउने दैनिक अभ्यास हो माया ,
स्त्री र पुरुस बीच हुने मात्र हैन प्रेम ,
पक्कै ! जीवन जगतलाइ माया गर्ने
जीवत आत्माहरुको दैनिक जिउने अधार हुनु पर्छ प्रेम !

गीतरुपी जीवनको सुमुधुर संगीत हुनु पर्छ प्रेम ,
यस गीतको धुन जगाई ,
जिवन लिने-दिने प्रेमीहरुबीच प्रेमको स्वार्थ नै प्रेम बनेर ,
भनिने, लेखिने र देखिने मात्र भन्दा ब्यबहार र भावनामा पोखिदै , सदा प्रेममय दैनिकी बन्नुपर्छ प्रेमीहरुको प्रेम ।
जय निश्चल , निर्मल , अविरल, बिमल प्रेम !

Twitter : @jaganbimal

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

विप्लव नेतृत्वको नेकपामा संलग्न चार जना पक्राउ

सोलुखुम्बु–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् ।  सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४

Read More...

प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु

बागलुङ– बागलुङमा प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुद तथा पर्यटकिय क्षेत्रको बिकासका लागि युवा तथा खेलकुद

Read More...

५ सय गाडीको र्‍यालीसहितको विश्व रेकर्ड

प्रयागराज, भारत। भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्‍याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ। कुम्भ मेला विषेश ५०० बस

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu