अष्ट्रेलियामा फहरायो नेपाली झण्डा

In खेलकुद, नेपाल, मुख्य समाचार, समाचार

क्यान्वेरा । अष्ट्रेलियाकै महत्वपूर्ण क्यान्वेरा बहुसाँस्कृतिक मेलाको परेडमा नेपालको राष्ट्रिय झण्डा पनि फहराएको छ।

गत शनिबारबाट सुरु भएको तीन दिने कार्यक्रममा तीन लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेको बहुसाँस्कृतिक मेलामा क्यान्वेरास्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रवर्धन गराउने उद्देश्यले स्टल नै राखेर सर्वसाधारणलाई जानकारी दिएको हो।

साथै दूतावासका कर्मचारीहरुद्वारा नेपाल भ्रमणको निम्तो पनि दिइएको छ। स्थानीय नेपाली संघ संस्था र नेपाली समुदायको सहयोगमा छोटो समयमै तय भएको उक्त र्‍यालीमा नेपाली पहिचान गराउने झण्डा र ब्यानर बोकी नेपाली भेषभुषामा सजिएर नगर परिक्रमा गर्दा उपस्थित् सर्बसाधारणको ध्यान नेपाली झन्डामा केन्द्रित भएको थियो भने अष्ट्रेलियन टेरिटोरी सरकारले तैयार गरेको भिडियोमा समेत नेपाली झन्डालाई पनि चित्रण गरिएको छ।

राजधानीको मुटुमा आयोजना भएको यस्तो महत्वपूर्ण महोत्सवमा नेपाली झाँकीलाई अझ बढी आकर्षक बनाउनसके नेपाली कला संस्कृतिको प्रवर्धन गर्न सकिने कार्यवाहक राजदूत सापकोटाले बताएकी छन्।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

हात्तीपाइलेको सर्वेक्षण शुरु

रुकुम पश्चिम । रुकुम पश्चिम र पूर्वमा आजदेखि हात्तिपाइले रोगको सर्वेक्षण शुरु भएको छ । राष्ट्रिय हात्तिपाइले रोग निवारण

Read More...

सुरु भयो साकेला

धरान : किराती समुदायको महान पर्व उभौली (साकेला) शनिबारदेखि सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा किराती बस्तीमा

Read More...

प्रधानमन्त्री कप क्रिकेट १० गतेबाट

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गते शुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu