कार र ट्रक एकआपसमा जुध्दा भयानक दुर्घटना, १० जनाको मृत्यु

In नेपाल, मुख्य समाचार, समाचार

नयाँ दिल्ली । भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । 

झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । 

मालबाहक ट्रकसँग ठोक्किएको कारमा रहेकाहरु एकै परिवारका रहेको बताइएको छ । मृत्यु भएका दश जनामध्ये तीन जना महिला र दुई जना बालबालिका पनि रहेका छन् । 

पारिवारिक धार्मिक कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा दुर्घटना भएको बताइएको छ। घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ। 

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

विधायक फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाए

बागलुङ – सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी बिधेयक र आमसंचार बिधेयकको पत्रकारले खारेजीको माग गरेका छन् । मंगलवार

Read More...

कडाई गर्दै फेसबुक, नीतिविपरित जानेलाई प्रतिबन्ध

वाशिंगटन । आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ

Read More...

बाग्लुङे युवाहरुले गरे ताराखोला – काठमाण्डौ विद्यार्थी मञ्चको गठन

काठमाडौ – बाग्लुङको ताराखोला घर भई राजधानी काठमाडौमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुद्वारा 'ताराखोला काठमाडौ विद्यार्थी मञ्च' को गठन गरिएको

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu