‘अब विभाजन हुँदैनौँ’

In नेपाल, समाचार, सुचना

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वयले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताएका छन् । चितवनको भरतपुरमा आज आयोजना गरिएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहोनीले पाटीए विभाजन नहुने प्रतिबद्धता जनाएका हुन् । 

अध्यक्ष राणाले पार्टी कहिल्यै नफुट्नेगरी मिलेको बताए । ‘हामी देशव्यापी पार्टी एकीकरणको अभियानमा छौँ’, उनले भने, ‘थप नेता र समूहलाई राप्रपामा (संयुक्त) मा ल्याउने तयारी गरेका छौँ ।’
राजसंस्थासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने तयारीस्वरुप देशव्यापी रुपमा पार्टी सुदृढीकरणको अभियानमा लागेको उनले बताए । 

असहमति राख्ने संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको सङ्गठन सुढृद गरेपछि जनताको सहयोगबाटै आफ्नो विचार र मान्यता स्थापित गर्ने उनको भनाइ थियो । 

देशको संविधानमा प्रतिबद्ध रहेको र कार्यान्वयनमा सरकारलाई सघाउने राणाले बताए । विसं २०४७ पछिको सबैभन्दा बलियो सरकारले जनताको पक्षमा काम गर्न नसकेको उनको आरोप थियो । 

अर्का अध्यक्ष डा लोहनीले पार्टीभित्रको कलहका कारण जनताले मत नदिएको बताए । पार्टी एक भए सधैँ जनताको विश्वास जित्न सकिने उनको भनाइ थियो । 

‘विचार मिल्नेसँग एकता गर्ने हो’, उनले भने, ‘जनताको शक्ति आर्जन गरेर परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्नुपर्छ ।’ संविधनले दिएको संविधान संशोधन गर्ने अधिकार टेकेर राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र स्थापना गरिने उनले बताए । 

‘कम्युनिष्ट सरकारले सुशासन दिन्छ भन्ने आशा थियो, तर सरकार कुशासनतर्फ उन्मुख छ । यसलाई नियन्त्रण गर्न जनताको हितमा हामी सक्रिय भएर लाग्नेछौँ’, डा। लोहनीले भने । 

पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको इसारामा पार्टी पटक–पटक विभाजन हुँदा गलत व्याक्तिले फाइदा लिएको बताए । 

उनले जनता र राष्ट्रका हितमा काम गर्न पार्टी एकीकरण गरेको बताए । महामन्त्री सुनिलबहादुर थापाले नीति र सिद्धान्तमा चुकेका कारण जनताले पार्टीलाई विश्वास नगरेको बताए । 

पार्टी एकता सुनौलो अवसर भएकाले उनले यसलाई जनतासम्म लैजानुपर्नेमा जोड दिए । 

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सुरु भयो साकेला

धरान : किराती समुदायको महान पर्व उभौली (साकेला) शनिबारदेखि सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा किराती बस्तीमा

Read More...

प्रधानमन्त्री कप क्रिकेट १० गतेबाट

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गते शुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद

Read More...

अमेरिकी तेल कम्पनीले विदेशी कामदार हटायो

बग्दाद । अमेरिकी एक्सन मोबिल तेल कम्पनीले दक्षिणी इराकको वेस्ट कुर्ना वन, बसरास्थित तेल प्रशोधन केन्द्रमा रहेका विदेशी कामदारलाई

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu