जनमतसंग्रहको कुरा अस्वीकार्य मात्र होइन राष्ट्रघाती होः नेता केसी काठमाडौं– काँग्रेस

In नेपाल, मुख्य समाचार, समाचार

प्रभावशाली नेता तथा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतसँग भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन्। शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएको थियो । एक ट्वीटमार्फत केसीले पृथकतावादी राजनीतिमा संलग्न रहेकाहरु मुलधारको राजनीतिमा प्रवेश गर्नु स्वागतयोग्य भएपनि सार्वभौमिकता अविभाज्य भएको बताएका छन् । यसबारे जनमतसंग्रहको कुरा गरिनु अस्वीकार्य मात्र होइन राष्ट्रघातीहो भन्दै नेता केसीले सरकारले यसबारे तुरुन्त स्पष्ट गर्नुपर्ने माग गरेका छन् । ‘पृथकतावादी राजनीतिमा संलग्नरहेकाहरु मुलधारको राजनीतिमा प्रवेश गर्नु स्वागत योग्य हो।तर ताजा पूर्वस्मृतिहरू चटक्कै बिर्सन सकिन्न, कार्यबाटै प्रमाणित गरिनु पर्छ’ उनले भनेका छन्, ‘ सार्वभौमिकता अविभाज्य छ। यसबारे जनमतसंग्रहको कुराअस्वीकार्य मात्र होइन राष्ट्रघाती हो।सरकार यसबारे तुरुन्त स्पष्ट गर।’ सिके राउतसँग भएको सहमतिपछि विभिन्न टिकाटिप्पणी भइरहेको बेला नेता केसीबाट यस्तो धारणा आएको हो ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

होली मनाउन जाँदै गरेका युवाको दुर्घटनामा मृत्यु

होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।  काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको

Read More...

१५ वटा सरकारी गाडीसहित २९७ सवारी ट्राफिक कारबाहीमा

उपत्यकामा बुधबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार

Read More...

कांग्रेस जिल्ला सभापति भेला चैत तेस्रो साता

केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था बहुमतका आधारमा पार्टी विधानमा राखिएकोमा असन्तुष्टि जनाएका कांग्रेस जिल्ला सभापतिले भेला बोलाएका

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu