सात महीनापछि पुल पुनर्निर्माण

In नेपाल, मुख्य समाचार, समाचार

डडेल्धुरा । भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको सिमानामा पर्ने सेरागाडमा गत वर्ष भत्किएको पक्की मोटरेबल पुल पुनर्निर्माण थालिएको छ । गत साउनमा भत्केको सो पुल सात महीनापछि पुनर्निर्माण हुन लागेको हो । 

बगरकोट– देवल सडकखण्डको सेरागाडमा निर्माणाधीन अवस्थामा रहेको पुल ढलान गरेपछि साउनमा बाढीले भत्काएको थियो । अहिले भत्किएको पुलको सफाइ गरेर बिमका लागि ढलान, छड, ब्यारिङ लगाउने काम शुरु भएको छ । आउँदो वैशाखभित्र पुलको पुनर्निर्माण सम्पन्न हुने निर्माणको ठेक्का पाएको ‘विकोई बिल्डर्स निर्माण प्रालि’का इञ्जिनीयर तीर्थ गुरुङले जानकारी दिए । “जेठमा पुल हस्तान्तरण गर्ने कार्यक्रम छ”, उनले भने । 

मूल्य अभिवृद्धि करसहित रु पाँच करोडको लागतमा पुल निर्माण भइरहेको छ । पुल निर्माणपश्चात् जिल्लाको अजयमेरु गाउँपालिका–५ र ६ सहित बैतडीको तल्लो स्वराड क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सहज हुने अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । आव २०७१÷७२ मा ठेक्का सम्झौता भएको उक्त पुल आव २०७३÷७४ मा निर्माण सम्पन्न गरी सम्झौता भएको थियो । सम्पन्न नहुँदै ढलान गरेको पुल निर्माण क्रममै भत्किएको थियो । पुलको लम्बाइ ४० मिटर रहेको छ । 

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बाबुको हत्या आरोपमा युवक पक्राउ

रौतहट । आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत २८ माघमा रौतहटको दुर्गा भगवती

Read More...

बलेवा बिमानस्थल कालोपत्रे सुरु

बागलुङ नगरपालिका नारायणस्थानमा रहेको बलेवा बिमानस्थल शुक्रबारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १४

Read More...

स्काभेटर पल्टिदा सहचालक घाइते

बागलुङको जैमिनीमा स्काभेटर पल्टिएको छ । जैमिनी नगरपालिका वडा नं. ३ दमेक स्थित बाँसखानीमा स्काभेटर पल्टिदा सहचालक घाइते भएका

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu