४५ वर्षपछि एथलेटिक्समा नेपाललाई स्वर्ण

In खेलकुद, नेपाल, मुख्य समाचार, समाचार

काठमाडौं । नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । 

हङकङमा आइतबार  ३ हजार मिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । स्वर्ण जित्ने क्रममा अजितले भारत र यमनका खेलाडीलाई पछि पारे ।

अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्ड  पुरा गरे । यसअघि यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेण्ड थियो।

दोस्रो भएको भारतका अमितले ८ मिनेट ३६.३४ सेकेण्डको समय निकाल्दा तेस्रो भएका यमनका गुमिल अल हमातीले ८ मिनेट ३८.६० सेकेण्डको समय निकाले ।

यो समयसंगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका छन् । यसै वर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेण्ड जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

सिनियर भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेण्ड कीर्तिमान रचेका थिए ।
 
युथ एथलेटिक्समा नेपालबाट अजित एक्लो सहभागी खेलाडी हुन् । अजितबाहेक उक्त स्पर्धामा भारत, यमन र आयोजक हङकङबाट २–२ तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट १–१ खेलाडीले सहभागिता जनाएका थिए ।
 
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । 

समग्रमा भने दोश्रो पदक हो । ४५ वर्षअघि १९७३ फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।
 
प्रशिक्षकका रुपमा धनीराम चौधरी अजितसंगै हङकङ गएका थिए । चौधरीकै नाममा २३ वर्षसम्म ८ सय मिटर दौडमा १ मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो ।

गत भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सोमबहादुर कुमालले १ मिनेट ५०.२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै चौधरीको कीर्तिमान भंग गरेका थिए ।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बालिका अपहरण आशंकामा एक जना पक्राउ जनमञ्च संवाददाता

बागलुङ– एक बालिका लाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक

Read More...

निर्वाचनमा धाँदली भएकै होः कुल आचार्य

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्षका प्रत्यासी तथा तत्कालिन उपाध्यक्ष कुल आचार्यले निर्वाचनमा धाँदली

Read More...

फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न!

१९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो। समाजका अध्यक्ष गजेन

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu