प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु

In खेलकुद, नेपाल, मुख्य समाचार, समाचार

बागलुङ– बागलुङमा प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुद तथा पर्यटकिय क्षेत्रको बिकासका लागि युवा तथा खेलकुद विकास समिति बानपा–६ पञ्चकोटले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले समस्याका बाबजुद पनि राज्यले युवाहरुलाई खेल क्षेत्रमा अगाडी बढाउन पहल गरिरहेको भन्दै आगामी दिनमा कमी कमजोरीहरुलाई हटाउदैँ खेलकुद क्षेत्रको विकास गर्नुपर्ने बताए । उनले नेपालमा अझै पनि खेल क्षेत्रमा लाग्ने प्रयाप्त वातावरण बन्न नसकेको भन्दै गाउँगाउँमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग गर्ने बताए । खेलको महत्व सबैले बुझेकाले शारिरिक तथा मानसिक स्फुर्तिका लागि खेल क्षेत्र भएको भन्दै राष्ट्र निर्माणको लागि यस क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले खेलाडीको उत्पादन मात्र नभएर संरक्षण गर्नुपनि उत्तिकै चुनौती रहेको बताएका थिए ।
बागलुङमा खेल क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक खेलमैदान र प्रशिक्षकको अभाव हुने भएकाले यसको समाधान लागि आवश्यक पहल गर्नुपर्ने बताएका थिए । सो अवसरमा प्रतियोगिता सञ्चालनका लागि रोजगारका लागि अमेरिकामा रहेका व्यक्तिहरुबाट ५४ हजार र भान्सा सेवा समाज जापानले ४० हजार रुपैँया सहयोग गरेको थियो । कार्यक्रममा बागलुङ नगरपालिका–६ का अध्यक्ष खेमराज सापकोटा, बानपा–५ का अध्यक्ष शिव सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले बोलेका थिए । कार्यक्रम समितिका अध्यक्ष विदुर सुवेदीको अध्यक्षता, कृष्ण सापकोटाको स्वागत र अनिल सुनामको सञ्चालनमा सम्पन्न भएको थियो । यही चैत ९ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बागलुङ नगरपालिकाका १४ वटा वडाका १५ समुहले सहभागिता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । आयोजक ‘बी’ समुह र बानपा–३ भलाटाकुरा बिच भएको पहिलो खेलमा २–१ गोलान्तरले भलाटाकुरा बिजयी भएको छ । यस्तै बानपा–२ र बानपा–४ बिच भएको दोस्रो खेलमा २–१ ले नै बानपा–४ ले जित हासिल गरेको छ । यस्तै शुक्रबारको पहिलो खेल बानपा–३ गुठी र बानपा–३ काभ्रे बिच हुने आयोजकले बताएको छ ।

जनमञ्च

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

‘मिडिया काउन्सिल विधेयक’बारे कावा प्रधानमन्त्री र सम्पादकबीच छलफल

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधेयक’बारेको विवाद साम्य पार्न बिहीबार विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफल

Read More...

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र

Read More...

विप्लव समूहका एरिया इञ्चार्जद्वारा राजीनामा

सप्तरी। पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu