साफ वुमेन्स च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग १ गोलले पछाडि

In कला तथा मनोञ्जन, खेलकुद, नेपाल, समाचार

काठमाडौँ — पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य लिएको नेपाल डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिडिरहेको छ। विराटनगरस्थित सहिद रंगशालामा दोस्रो हाफको खेलमा नेपाल भारतसँग १ गोलले पछाडि परेको छ । भारतको २ गोल रहेको छ । नेपाल र भारत खेलको पहिलो हाफमा १-१ बराबरीमा थिए  । तर, दोस्रो हाफमा भारत १ गोल थप्दै अगाडि आएको हो । भारतका तर्फबाट ग्रेस डाङमी, डालिमा चिबरले गोल गरेका थिए भने नेपालका तर्फबाट सावित्रा भण्डारीले गोल गरिन् ।

नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ । कप्तान निरु थापाका अनुसार प्राविधिक रूपमा अहिलेको टिम उत्कृष्ट पनि छ । यो साफका तीनै खेलमा गोल गरेकी सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिन्छ ।

विंगर अनिता बस्नेत, मिडफिल्डर रेनुका नगरकोटे र डिफेन्डर गीता राना, हिराकुमारी भुजेल उत्कृष्ट लयमा छन् । भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न सजिलो भने हुनेछैन । छिमेकी भारत चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपालले दक्षिण एसियालीस्तरको प्रतियोगितामा पराजित गर्न हम्मे परेको टिम भारत नै हो ।
नोभम्बर, २०१९ मा यांगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा नेपालले भारतविरुद्ध १–१ को बराबरी गरेको थियो । गत महिना हिरो वुमेन्स गोल्डकपको समूह चरणमा भारतलाई उसैको घरेलु मैदान (भुवनेश्वर) मा २–१ ले हरायो । त्यो नै भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसअघि भारतसँग ७ हार र २ बराबरी नतिजा बेहोरेको थियो ।

कान्तिपुर दैनिक

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

नेकपा बागलुङको अध्यक्षमा सापकोटा र सचिवमा गैरे चयन

बागलुङ – सत्तारुढ नेकपाले मुलुकका ७७ रै जिल्लाहरुमा नेकपाको जिल्ला नेतृत्व चयन गरेको छ । यस क्रममा बागलुङ जिल्लाको

Read More...

खुमा अर्याल १७ लाख बुझाएर रिहा

काठमाडौं । गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा भएका छन्। कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि

Read More...

हेटौँडामा बहुप्राविधिक महाविद्यालय निर्माण हुँदै

हेटौँडा । सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय स्थापनार्थ भवनलगायतका पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइएको छ।  विसं २०६६ मा

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu