निर्वाचनको मुखैमा भारतीय कङ्ग्रेस पार्टीका सयौं फेसबुक पेज बन्द

In Asia, मुख्य समाचार, समाचार

भारत । फेसबुकले भारतको प्रमुख विपक्षी दल कङ्ग्रेस पार्टीसँग सम्बन्ध भएका छ सयवटा भन्दा बढी पेजहरू हटाइदिएको जनाएको छ।

फेसबुकको साइबर सेक्युरिटि पोलिसीका प्रमुख नथेनिएल ग्लेचरले एउटा बक्तव्य जारी गर्दै भनेका छन्,यो गतिविधि पछाडिका मानिसहरूले आफ्नो परिचय लुकाउने प्रयास गरेपनि हामीले गरेको समीक्षाले तिनीहरू भारतीय राष्ट्रिय कङ्ग्रेसको आइटी एकाईका व्यक्तिहरू भएको थाहा भयो।

फेकन्यूज भनिने मिथ्या समाचार फैलिनबाट रोक्न सरकारहरूले थप कदम चाल्नु पर्छ भनि फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले आह्वान गरेका एकदिन पछि यस्तो कदम चालिएको छ। उक्त सामाजिक संजालले फेकन्यूजको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्ने देखाउन पनि सो कदम चालिएको हुन सक्छ।

तर उक्त कम्पनीले भारतीय कङ्ग्रेस पार्टिसँग सम्बद्ध त्यति धेरै पेजहरूलाई निशाना बनाएको घटना राजनीतिक दृष्टिले पनि उल्लेखनीय छ। आगामी ११ एप्रिलदेखि भारतमा आमनिर्वाचनमा मतदान आरम्भ हुँदैछ।

अर्को सत्ताधारी भारतीय जनता पार्टी बीजेपी इन्टरनेटको सामाजिक सञ्जालको कुशल संचालनमा बढी पोख्त ठानिन्छ। र उक्त पार्टीका समर्थकहरूलाई पार्टीका विरोधी र आलोचकहरू विरुद्ध नराम्रो रूपमा प्रस्तुत हुने गरेको आरोप लाग्ने गर्दछ।

अब सार्वजनिक रूपमा नै फेसबुकले पेजहरू बन्द गरिदिएको घोषणा गरिदिएपछि कंग्रेस पार्टिका लागि यो लाजमर्दो अवस्था बन्न पुगेको छ भने यस्बाट बीजेपीलाई नैतिक दृष्टिले बल मिलेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई राजनीतिक विरोधीहरूले घृणाको अभियान चलाएर निशाना बनाउने गरेको प्रायःजसो आरोप लगाउने गर्दथे। र अब यो घटनापछि उनलाई आफ्नो दावीलाई बलियो बनाउन सहयोगी अवसर प्राप्त हुन सक्नेछ।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

‘मिडिया काउन्सिल विधेयक’बारे कावा प्रधानमन्त्री र सम्पादकबीच छलफल

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधेयक’बारेको विवाद साम्य पार्न बिहीबार विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफल

Read More...

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र

Read More...

विप्लव समूहका एरिया इञ्चार्जद्वारा राजीनामा

सप्तरी। पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu