प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्वोधन : सरकारले गरेका कामको फेहरिस्त

In नेपाल, मुख्य समाचार, समाचार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नया बर्ष २०७६ को अवसरमा देशबासीका नाममा सम्बोधन गरेका छन्। आइतबार बिहान सरकारी निवास बालुवाटारबाट देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मुलुक सम्मुन्नत विकासको पथमा लम्किएको भन्दै २०७६ साल विशेष उपलब्धिमूलक बर्ष हुने बताए। २०७५ साल नीति निर्माण र विकासको आधार तयार गर्ने सन्र्दभमा पनि निकै उपलब्धिमूलक रहेको उल्लेख गरे। 

उनले एक बर्षमा सरकारले कामै गरेन भन्नु भन्दा पनि सरकारले अघि सारेका कार्यक्रमको प्रगतीका बारेमा प्रश्न गर्न सुझाए। उनले भने, ‘सरकारलाई यसरी प्रश्न गरौ आउनुहोस् हामी सिकाउछौं। यो बर्ष के के काम भए ? नीति कति बने?  पहिले नचलेका विमानस्थल अहिले कति संञ्चालनमा आए? आजैबाट सुरु हुने जेष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रमले के लाभ दिन्छ?’

तथ्य र तथ्यांकसहित व्यवहारबाट जवाफ दिन सरकार सधैं तयार रहेको प्रधानमन्त्रीको भनाइ थियो।  सुशासनको शत्रु भ्रष्टाचार भएको भन्दै उनले ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने, भ्रष्टचारीलाई कारवाही गर्दा त्यसको मुख नहेर्ने, आफ्नो दृढ सार्वजनिक घोषणा भएको उल्लेख गरे। उनले राज्यको सम्पति माथिको अनधिकृत दोहनलाई सरकारले छुट नदिने बताए।

भ्रष्टाचार विरुद्धको लडाई चुनौतीपूर्ण भएकाले लामै समय लिने भएपनि जुनसुकै मूल्य चुकाएर भएपनि भ्रष्टाचार उन्मुलन गरी छाड्ने अभियानमा आफू प्रतिबद्ध रहेको जनाए।  सम्बृद्धिको पूर्वशर्त शान्ति भएको भन्दै उनले शान्तिका लागि बितेको वर्षमा मुलुकले राजनीतिक रुपले महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे।

उनले सिके राउतसँग भएको राजनीतिक सहमति निकै महत्वपूर्ण भएको उल्लेख गरे। उनले भने, ‘अगग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधान अनुरुप  राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नु सामान्य विषय होइन। यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउदा मैले सन्तोष अनुभव गरिरहेको छु।’

विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद र त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको भन्दै उहाँले सबै खाले अतिवाद असान्ति र आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गरिने प्रतिवद्धता जाहेर गरे। 

उनले भने, ‘लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन। शान्तिपुर्ण रुपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभुत गरेको छ। तर अबाञ्छित प्रतिगामी प्रयासहरु र संविधान विरोधी गतिविधिहरु कडाईका साथ नियन्त्रण गरिने छ। राजनीतिक रंग दिएर हिंसालाई उचित नठह¥याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु।’

युएईका प्रधानमन्त्रीको माई भिजन पुस्तकमा उल्लेखित विषयको दृष्टान्त दिँदै प्रधानमन्त्री ओलीले मुलुक समग्र विकासमा पछि परेकाले विकासको गतिलाई अरुले भन्दा तिब्रता दिनुपर्र्नेमा जोड दिए। उनले मुलुकको विकासको गतिलाई अफ्रिकी सिंह र हरिणको दौड जस्तै बनाउनुपर्ने बताए। सम्बोधनका क्रममा उनले एक बर्षमा आफूले मलुकका विभिन्न स्थानमा गएर ३ सय १४ वटा कार्यक्रममा सहभागी भएको फेहरिस्त पनि सुनाए।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

महिलामा हुने विभेद व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन्। ‘इन्टरनेश्नल गर्ल्स

Read More...

आठाैं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न

नेपालगन्ज : दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका

Read More...

विष्णु पौडेल निर्दोष भए बालुवाटार जग्गा प्रकरणमा दोषी को?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले पछिल्ला दुई सातामा दुइटा विज्ञप्ति निकालेर बालुवाटार जग्गा प्रकरणमा आफ्नो संग्लनता भए

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu