पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता

In नेपाल, मुख्य समाचार, समाचार

गलकोट। बागलुङ नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन्। 

चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म  फेला पर्न नसकेको बताएको छ। 

परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म खोजीकार्य गर्दासमेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए। पाँच दिनसम्म परिवारको सम्र्पकमा नआएका कारण सबैलाई खोजी गरिदिन आग्रह गरेको परिवारका आफन्त भोलानाथ आचार्यले बताए। शर्माको खोजी गर्नका लागि स्थानीय दिनभर ढोडेनी तथा कालीगण्डकी किनारमा जाने भए पनि शर्मा फेला पर्न सकेका छैनन्।

 शर्मा साविक बागलुङ नगरपालिका–१० का पूर्ववडाध्यक्ष हुन् । सामाजिक भावना भएका शर्मा बिना कारण बेपत्ता भएको परिवारले जनाएको छ। शर्मालाई बेपत्ता हुँदाको दिन स्थानीयले घरबाट तल ढोडेनी भन्ने ठाउँमा देखेको प्रहरीले जनाएको छ। घरदेखि तल ठूलो भीर र कालीगण्डकी नदी रहेको छ। 

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

हेटौँडामा बहुप्राविधिक महाविद्यालय निर्माण हुँदै

हेटौँडा । सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय स्थापनार्थ भवनलगायतका पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइएको छ।  विसं २०६६ मा

Read More...

नेपाली स्याटलाईट अन्तरिक्ष केन्द्रमा सफलता पूर्वक जोडियो

काठमाडौं। अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने

Read More...

मुख्यमन्त्री र मन्त्रीले चासो दिएनन् भर्ना अभियान

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अघिल्लो वर्ष विद्यार्थी भर्ना अभियानक्रममा अभिभावकत्व लिएका अल्पसंख्यक समुदायका तीन विद्यार्थीमध्ये

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu