बेलायतमा नेपाली क्रिकेट लिग हुने

In NRNA News, खेलकुद, मुख्य समाचार, समाचार

बेलायत । बेलायतमा स्थाई बसोबास गर्दै आएका मिडलैंडका युवाहरुले येही मे ६ मा नोटिङघाम युकेमा एभेरेस्ट क्रिकेट लिगको आयोजना गर्ने भएका छन्।

गत सालबाट शुरु गरिएको उक्त लिगमा यो साल निकै भव्य र आकर्षणको रुपमा आयोजना गरिने नोटिङघाम नेपाली समाजका उपाध्यक्ष तथा आयोजक टिमका क्याप्टेन दीपक सापकोटाले बताए।

गत साल लेस्टर र नोटिङघाम ले खेलेका थिए भने यो साल बढेर पाँच टिम सहभागी हुने र यसरी थपिने टिममा पिटरबोरो र ग्रन्थम शान्ति नेपाली सामज बर्मिनघम र गोर्खा लायन्स डर्बि भएको अर्का गुर्खा टाइगर स्पोर्ट क्लबका क्याप्टेन केशव खत्रीले बताए।

उक्त लिगको उद्घाटन समारोहमा नेपालबाट विभिन्न कलाकारहरु आउने भएको र यसरि आउने कलाकारमा लोक गायिका प्रिती आले, मोडेल दिपसा बिसी र कृष्ण काफ्ले छन्।

यता लिगको उद्घाटन भने नेपाल सरकारका राजदुत दुर्गा बहादुर सुबेदीले गर्ने र युकेमा रहेका विभिन्न संस्थाबाट पनि उक्त कार्यक्रममा सहभागी हुने आयोजक प्रमुख सापकोटाले बताए।

अहिले सम्मकै पृथक र युकेमा छरिएर बसेका विभिन्न संघ संस्थालार्इ पनि एकबद्द रुपमा लैजान यो लिगले उत्प्रेरित गर्ने कुरा प्रमुख सापकोटाले बताए।
  
यसरि आयोजना गर्ने मुख्य संस्थामा सृजनशील समाज लेस्टर र नोटिनघाम नेपाली समाज रहेका छन्।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

आगलागीबाट करोडौँको क्षति

लम्की । कैलालीको बर्दगोरिया गाउँपालिका–१ सडकपुर बौनियाँमा इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी हुँदा करोडौँको क्षति भएको छ।  स्थानीय व्यापारी प्रकाशनाथको इलेक्ट्रोनिक्स

Read More...

सवारीमा कर बढाउने निर्णय ६ महिनाका लागि रोक्ने ट्रम्पको घोषणा

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाले खरिद गर्दै आएका सवारी साधनमा १० प्रतिशतबाट २५ प्रतिशत बढाउने भनिएको कर वृद्धि तत्कालका

Read More...

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको निधन

सिड्नी । अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ । देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu