पाल्पा जिल्ला समाज यूकेमा वाचस्पति रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति

In यूके समाचार

लण्डन । पाल्पा जिल्ला समाज यूकेको अध्यक्षमा पत्रकार, लेखक तथा समाजसेवी वाचस्पति रेग्मी निर्वाचित भएकाछन् । गत अप्रिल २७ तारिख शनिबार अल्रसटस्थित द प्यालेसमा सम्पन्न अधिवेसनले रेग्मीको अध्यक्षतामा आफ्नो पाँचौं कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

१५ सदस्यीय नयाँ कार्यसमितिमा :

गोपाल थापा वरिष्ठ उपाध्यक्ष, लक्ष्मी आले उपाध्यक्ष,

महासचिव खुम कुंवर,

सचिव बुद्धि गाहा,

कोषाध्यक्ष दल थापा

सहकोषाध्यक्ष पुर्ण नेपाली छन् ।

सदस्यहरु:

झमनसिंह बाह्घरे (अल्डरसट), पदम पचभैया ( स्वीण्डन), अमर थापा (अक्सफोर्ड), पदम थापा (मेडस्टोन), गोविन्द राना ( प्लमस्टिड), लक्ष्मण घिमिरे ( स्याण्डहस्र्ट), नेत्र राना (रेडिङ ), दल थापा ( क्याटरिक), कृष्ण थापा (फार्नबरो ) चुनिएका छन् ।

ऋषिराम राना संयोजक तथा नेत्र थापा बराल र निधिराज थापा सहसंयोजक रहेको निर्वाचन समितिले सर्वसम्मतिमा निर्वाचित कार्यसमिति घोषणा गरेको थियो ।

अध्यक्ष निर्वाचित रेग्मीले यसअघि समाजको महासचिव तथा उपाध्यक्षजस्तो महत्वपुर्ण पदहरुमा बसेर काम गरिसकेका छन । नेपाल प्रहरीका अवकाशप्राप्त डिएसएपी रेग्मी विगत ११ वर्षदेखि बेलायत बस्दै आएका छन् । यति नेपाली एशोसिएसनको वरिष्ठ उपाध्यक्ष तथा एनआरएन यूकेमा सल्लाहकार उनी यहाँस्थित विभिन्न नेपाली संघसंस्था र मिडियामार्फत सामाजिक क्षेत्रमा क्रियाशिल छन् । आफ्नो कार्यकालमा संस्थाबाट सामाजिक क्षेत्रका कार्यहरुलाई निरन्तर राख्नुका साथै नेपालमा लगानी समेत लैजाने नवविनर्वाचित अध्यक्ष रेग्मीको लक्ष्य छ ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सुरु भयो साकेला

धरान : किराती समुदायको महान पर्व उभौली (साकेला) शनिबारदेखि सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा किराती बस्तीमा

Read More...

प्रधानमन्त्री कप क्रिकेट १० गतेबाट

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गते शुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद

Read More...

अमेरिकी तेल कम्पनीले विदेशी कामदार हटायो

बग्दाद । अमेरिकी एक्सन मोबिल तेल कम्पनीले दक्षिणी इराकको वेस्ट कुर्ना वन, बसरास्थित तेल प्रशोधन केन्द्रमा रहेका विदेशी कामदारलाई

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu