ट्र्याक्टरबाट खसेर एकको मृत्यु

In नेपाल, मुख्य समाचार, समाचार

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं १ आरुबोटेस्थित आज बेलुका ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार महाभारत गाउँपालिका वडा नं १ आरुबोटेस्थित गोकुलेबाट आरुबोटेतर्फ जाँदै गरेको ना३त ९१०३ नंको ट्र्याक्टरमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ३५ को लालमान जिम्बा पछाडिबाट खस्न गई ट्र्याक्टरको चक्काले ढाडमा किच्दा घाइते भएको र तत्कालै उपचारका लागि स्थानीय मेडिकलमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको हो।

शव सोही मेडिकलमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

यसैबीच आज बिहान काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका वडा नं ८ भुम्लुटारस्थित मादनकुँडारीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख १३८३ नंको यात्रुबाहक बस ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३५ जना सवार रहेका थिए।

घाइतेमध्ये केहीको स्थानीय मेडिकल र केहीको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात् घर फर्किसकेको छ भने गाडी चालक सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट बस्ने ३१ वर्षीया ईश्वर कार्कीको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu