सुत्केरीलाई निःशुल्क रगत र एम्बुलेन्स

In नेपाल, समाचार

लम्की । टीकापुर नगरपालिकाले नगर क्षेत्रभित्रका सुत्केरी महिलालाई आवश्यक पर्ने रगत र अस्पतालसम्म पुग्न एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्न थालेको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीमार्फत रगत गत असोजदेखि र एम्बुलेन्स सेवा फागुनदेखि दिन थालेको हो । रगत १२५  र एम्बुलेन्स सेवा २०  सुत्केरीले लिएको सोसाइटी टीकापुरले जनाएको छ ।

‘‘घरमा सुत्केरी हुने सङ्ख्या शून्यमा झार्न यो कार्यक्रम ल्याइएको हो’’, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘‘ग्रामीण क्षेत्रका महिला सुविधा नहुंँदा अस्पतालसम्म पुग्न सक्दैनन् । अस्पतालमा गएपछि खर्चिलो हुन्छ भन्ने गलत बुझाइलाई चिर्न धेरै सफल भएका छौँ ।’’ 

नगरपालिकाले एम्बुलेन्स खरीद गरेर रेडक्रसलाई सञ्चालन गर्न दिएको छ । रेडक्रसले सुत्केरीलाई निःशुल्क बोक्नुपर्ने नीति बनाइएको छ भने प्रयोग भएको रगतको आधारमा लाग्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ । नगरपालिकासंँगको सम्झौतानुसार रेडक्रसले सुत्केरी मात्र नभई टीकापुरबासी सबैलाई निःशुल्क रगत उपलब्ध गराउने गरेको छ । 

रेडक्रसले अहिलेसम्म १२५ सुत्केरीसहित २५३ जनालाई निःशुल्क रगत उपलब्ध गराएको छ । रेडक्रसले एक व्यक्तिलाई दुई पिन्टसम्म रगत नि?शुल्क दिने गरेको रेडक्रस उपशाखा टीकापुरका रक्त सञ्चार संयोजक टेकराज बिनाडीले जानकारी दिए । 

स्वयंसेविका चन्द्रावती शर्माले सुत्केरीले निःशुल्क एम्बुलेन्स र रगत पाउने भएपछि निकै राहत भएको बताइन् । ‘‘हामीले गाउंँगाउंँमा आमा समूहमा छलफलमा यो सेवाबारे जानकारी दिन थालेका छाँैं ” उनले भनिन्, ‘‘गर्भवतीलाई व्यथा लागेमा फोन गरेको आधा घण्टामा एम्बुलेन्स घरमा पुग्छ । महिलाका लागि धेरै राम्रो काम शुरु भएको छ । निरन्तर हुनुपर्छ ।’’

रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu