बलात्कार आरोपी पक्राउ

In Uncategorized, नेपाल, मुख्य समाचार, समाचार

भक्तपुर (रासस) । सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घरभई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बुको सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–९ बोडे बस्ने ३२  वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ । 

यही वैशाख २६ गते बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २८ गते महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।  

त्यसैगरी रामेछाप उमाकुण्ड गाउँपालिका–१ घरभई हाल चाँगुनारायण नगरपालिका–२ स्यालडाँडामा बस्दै आएकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गर्दै आएको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर  नगरपालिका–२ सल्लाघारी बस्ने १८  वर्षीय आशिष चौधरीलाई पक्राउ गरेको छ । 

यही वैशाख २७ गते बालिका बलात्कार गरेको पीडित पक्षले उजुरी दिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।  

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

घरको तेस्रो तलाबाट खसेर किशोरीको मृत्यु

इटहरी : घरको तीन तला माथिबाट खसेर इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ स्थित संगीत चौककी १७

Read More...

कार्यकर्तालाई संयमता अपनाउन समाजवादीको पार्टीको निर्देशन

काठमाडौं । पार्टी अध्यक्ष  तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको एक अन्तर्वार्तालाई लिएर पर्साको वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा तोडफोड भएपछि

Read More...

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताएका छन् । तनहुँको

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu