स्थायी राजधानी तोक्ने विषयमा प्रस्ताव प्रस्तुत

In नेपाल, मुख्य समाचार, समाचार

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशको स्थायी राजधानी यथाशीघ्र तोक्न कार्यविधि ल्याउने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रस्ताव पेश गरेका छन्।

उक्त प्रस्तावमाथि नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले सर्मथन गरेका थिए । बैठकमा कृषि, भूमि, व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा जलचरको संरक्षण गर्न बनेको विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए ।

बैठकमा शिक्षा, कृषि र स्वास्थ्य समितिका अध्यक्ष घनश्याम दाहालले प्रादेशिक बीउबिजनको व्यवस्था गर्न बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ १ गते अपरान्ह् २ः०० बजे बस्ने गरी स्थागित गरे ।

प्रदेशसभाको बुधबार बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ का लागि विभिन्न शीर्षकको बजेटको पूर्वतयारीका लागि छलफल हुने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए। 

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

चन्दका जिल्ला इञ्चार्ज पक्राउ

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ । रुकुमपश्चिम जिल्ला

Read More...

कार्यकर्तालाई संयमता अपनाउन समाजवादीको पार्टीको निर्देशन

काठमाडौं । पार्टी अध्यक्ष  तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको एक अन्तर्वार्तालाई लिएर पर्साको वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा तोडफोड भएपछि

Read More...

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताएका छन् । तनहुँको

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu