विधायक फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाए

In नेपाल, मुख्य समाचार, समाचार

बागलुङ – सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी बिधेयक र आमसंचार बिधेयकको पत्रकारले खारेजीको माग गरेका छन् । मंगलवार नेपाल प्रेस युनियन बागलुङले बिधेयक फिर्ता लिन माग गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको हो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएर बिधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् भएको आरोप समेत लगाएको छ ।

देशव्यापी रुपमा बिरोध गर्ने कार्यक्रम अनुसार ज्ञापनपत्र मार्फत बिरोधको कार्यक्रम गरिएको जिल्ला अध्यक्ष प्रदिप पन्तले बताए । युनियनले बुझाएको ज्ञापनपत्रमा सभामुख, र राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गरिएको छ । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल बिधेयक, आमसंचार बिधेयक लगायतको बिरोध गर्दै समाचार लेखेकै आधारमा मुद्दा खेप्ने देखि १० लाख रुपैयाँ सम्म जरिवाना र जेल बस्नुपर्ने अबस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराइएको हो ।

प्रेस स्वतन्त्रताको पक्षमा उभिन सरकारको ध्यानाकर्षण गराइएको उपाध्यक्ष संगम घर्तीले बताए । ज्ञापनपत्र बुझेर प्रअिज क्षेत्रीले सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित सरकारका उपल्लो निकायमा पठाईदिने बताए ।

जनमञ्च

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको निधन

सिड्नी । अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ । देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा

Read More...

चोरी अभियोगमा दुई पाकिस्तानी नागरिक पक्राउ

भक्तपुर । नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौं भन्दै नेपाली रकम चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई

Read More...

अत्यधिक बर्षाका कारण पाँचको मृत्यु, हजारौँ विस्थापित

तान्जानिया । तान्जानियाको दक्षिणपश्चिमी क्षेत्रमा अत्यधिक बर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बर्षाकै कारण अरु दुई हजार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu