अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको निधन

In मुख्य समाचार, समाचार

सिड्नी । अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ । देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

लेबर पार्टीका नेता हकले सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । उनले आफ्नो कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रुपान्तरणको नमूना स्थापित गरेको बताउने गरिन्छ । “आज हामीले बव हकलाई गुमाएका छौँ, उहाँ एक जना महान् अष्ट्रेलियाली नागरिक हुनुहुन्थ्यो, धेरैले उहाँको समय अत्यन्त महत्वपूर्ण भएको बताएका छन्,” उनकी श्रीमती ब्लान्च डि अल्पुगेटद्वारा बिहीबार राति जारी वक्तव्यमा भनिएको छ ।

“बव हक र पउल किटिङको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकिरण गरेका थिए, उहाँको कार्यकालमा आर्थिक स्वतन्क्रता र रोजगारी बढेको थियो,” वत्तव्यमा उल्लेख गरिएको छ । संघीय निर्वाचनको दुई दिन अगाडि उनको निधन भएको हो । लेबर पार्टीका नेता बिल सर्टनले हकलाई पार्टीको सवैभन्दा ठूलो छोराको रुपमा व्याख्या गरे।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

करेन्ट लागेर मजदुरको मृत्यु

बेनी : जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा

Read More...

राजतन्त्र पुनस्र्थापना हुने खतरा बढ्यो : केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको

Read More...

सफल ब्यबसायी तथा समाजसेवी शकुन गुरुङको सह-कोशाध्यक्षमा उमेद्वारी

ब्यबसायी तथा समाजसेवी शकुन गुरुङले आसन्न गैर आवासीय नेपाली संघ बेलायतको सह-कोशाध्यक्षमा उमेद्वारी दिएकी छन् । एक सफल महिला

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu