सवारीमा कर बढाउने निर्णय ६ महिनाका लागि रोक्ने ट्रम्पको घोषणा

In America, मुख्य समाचार, समाचार

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाले खरिद गर्दै आएका सवारी साधनमा १० प्रतिशतबाट २५ प्रतिशत बढाउने भनिएको कर वृद्धि तत्कालका लागि नबढाइनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्।

अमेरिकाका व्यवसायिक साझेदार मुलुकहरूसँगको कुराकानीपछि ह्वाइट हाउसद्वारा जारी ट्रम्पको घोषणामा भनिएको छ, “व्यापार प्रतिनिधिले निर्णय र यसको नतिजाबारे आगामी १८० दिनभित्र जानकारी गराउनेछन्। त्यसपछि थप निर्णय लिइनेछ।” 

अमेरिकी राष्ट्रपति ट्रम्पले सवारी साधन ९कार०मा थप २५ प्रतिशत दण्डजन्य करवृद्धिको घोषणा शनिबारसम्ममा गर्ने सिमारेखा तय गरेपछि अमेरिकासँग व्यवसायिक सहकार्य गर्दै आएको खासगरी यूरोपेली संघ ९इयू० तथा जापान, मेक्सिको र क्यानडाले चिन्ता व्यक्त गर्दै आएका थिए। 

उनीहरूले बदलामा अमेरिका निर्यात हुने मोटरसाइकल, सुन्तलाको रस, ह्वीस्की र नीलो जीन्स कपडामा भारी करवृद्धिको घोषणा गरिसकेका थिए।

सवारी साधनको कारोबारमा विदेशी अस्वस्थ प्रतिस्पर्धाका कारण अमेरिकी गाडी कम्पनी क्षेत्रमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसमेत दावी गरे।

अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसद्वारा जारी प्रतिवेदनमा उहाँले अमेरिकाको शेयर बजार खुम्चिनुमा गाडीको कारोबारमा देखिएको हलचल जिम्मेवार रहेको र यसका कारण अमेरिकी सवारीसाधनको बजार अनुसन्धान, विकास र निर्माणमा असर परेको बताए।

यसका कारण अमेरिकी व्यवसायिक सुरक्षामा समेत प्रभाव परेको रोसको दावी छ।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बालिका अपहरण आशंकामा एक जना पक्राउ जनमञ्च संवाददाता

बागलुङ– एक बालिका लाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक

Read More...

निर्वाचनमा धाँदली भएकै होः कुल आचार्य

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्षका प्रत्यासी तथा तत्कालिन उपाध्यक्ष कुल आचार्यले निर्वाचनमा धाँदली

Read More...

फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न!

१९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो। समाजका अध्यक्ष गजेन

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu