काङ्ग्रेसद्वारा दुःख व्यक्त

In नेपाल, मुख्य समाचार, समाचार

नेपाली काङ्ग्रेसले पार्टीका नेता सर्लाही निवासी रामबालक सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । केही समयदेखि पक्षघातबाटपीडित सिंहको आइतबार सर्लाहीको बलरास्थित आफ्नै निवासमा निधन भएको हो । विसं १९८८ मा जन्मनु भएका स्व सिंह विसं २००७ को क्रान्तिदेखि जीवनको उत्तरार्धसम्म निरन्तर काङ्ग्रेसमा सक्रिय हुनुहुन्थ्यो । स्व सिंह नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रियतापूर्वक सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ । । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

‘मिडिया काउन्सिल विधेयक’बारे कावा प्रधानमन्त्री र सम्पादकबीच छलफल

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधेयक’बारेको विवाद साम्य पार्न बिहीबार विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफल

Read More...

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र

Read More...

विप्लव समूहका एरिया इञ्चार्जद्वारा राजीनामा

सप्तरी। पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu