आजदेखि मुग्लिन सडक दैनिक ९ घण्टा बन्द

In नेपाल, मुख्य समाचार, समाचार

मुग्लिन । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक दैनिक रुपमा ९ घण्टा बन्द हुने भएको छ ।

चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो ।

योजनाका अनुसार आजदेखि आगामी जेठ ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द हुने भएको हो। विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो ।

थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्कब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो। पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो। 

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सामुदायिक विद्यालयका ५ हजार दरबन्दी मिलान

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । आगामी शैक्षिक सत्र शुरु

Read More...

बिहीबार सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो

Read More...

आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu