कला विकासमा सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली

In नेपाल, मुख्य समाचार, समाचार

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कलाका क्षेत्रमा चाहेर पनि लगानी गर्न नसकेको बताएका छन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले आज आयोजना गरेको ललितकला प्रदर्शनी २०७६ को समापन कार्यक्रममा आज मन्त्री ज्ञवालीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा बढी लगानी गर्नुपर्ने भएकाले अन्य क्षेत्रमा तत्काल चासो दिन नसकेको बताए।

‘कलालाई विकास गर्ने विषयमा सरकार सजग छ’, उनले भने, ‘नकारात्मकतालाई सकारात्मक बनाउने काम कलाले गर्नुपर्छ।’ उनका अनुसार अब सरकारले तीनै वटा प्रतिष्ठानका विषयमा सरकारले उचित निर्णय लिनेछ।  नाफाका कुलपति केके कर्माचार्यले प्रतिष्ठानको आफ्नै भवन नभएकाले भाडाको ठाउँमा प्रदर्शनी गर्नुपरेको बताए। ‘प्रतिष्ठानका विषयमा सरकारले अलिकति पनि चासो दिएको छैन’, उनले दुखेसो पोखे।

नाफाका पूर्वकुलपति रागिनी उपाध्यायले नेपाली चित्रकलाले विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने भन्दै सरकारले चित्रकलामार्फत पर्यटक भित्र्याउन सक्नुपर्नेमा जोड दिए। यही जेठ २ गतेदेखि शुरु भएको प्रदर्शनीमा ५१५ वटा चित्र तथा मूर्ति प्रदर्शनीमा राखिएका थिए जसमा ५०  विद्यालयका विद्यार्थी पनि सहभागी थिए।

प्रदर्शनीमा यथार्थवादी चित्रकला, परम्परागत चित्रकला, अमूर्त चित्र, साङ्केतिक चित्रकला आदि प्रदर्शनीमा राखिएका थिए जसमा सातवटै प्रदेशका कलाकारले सहभागिता जनाएका थिए। प्रदर्शनीमा १० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए। प्रदेशस्तरीय चित्रकलालाई छुट्टाछुट्टै राख्नुपर्ने सुझाव दिएका थिए।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

करेन्ट लागेर मजदुरको मृत्यु

बेनी : जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा

Read More...

राजतन्त्र पुनस्र्थापना हुने खतरा बढ्यो : केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको

Read More...

सफल ब्यबसायी तथा समाजसेवी शकुन गुरुङको सह-कोशाध्यक्षमा उमेद्वारी

ब्यबसायी तथा समाजसेवी शकुन गुरुङले आसन्न गैर आवासीय नेपाली संघ बेलायतको सह-कोशाध्यक्षमा उमेद्वारी दिएकी छन् । एक सफल महिला

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu