घुस लिएको अभियोगमा मुद्दा दायर

In नेपाल, मुख्य समाचार, समाचार

काठमाडौँ । घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सशस्त्र प्रहरी जवान केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरिदिने भन्दै दश हजार घुस मागेको आरोप लागेको छ।

आयोगले सशस्त्र प्रहरी जवानलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो। आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।
 
आयोगले गत चैत १० गतेदेखि शुरु भएको माध्यामिक शिक्षा परीक्षाको अनिवार्य विज्ञान र सामाजिक अध्ययनलगायतका विषयमा प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको अभियोगमा १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले इलाका प्रहरी कार्यालय कल्याणपुर सिराहाका प्रहरी जवान दिपेन्द्रकुमार मण्डल र ब्रम्हादेव सुनरैत, राहत दरबन्दीमा कार्यरत शिक्षक अरोध यादव र विष्णुदेव यादवलगायतलाई कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो।

माद्यमिक शिक्षा परीक्षाको प्रश्नपत्र अनधिकृतरूपमा निकाली परीक्षा शुरु हुने निर्धारित समय अगावै सार्वजनिक गरी गैरकानुनी लाभ पुर्याएको पाइएको छ।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

कला विकासमा सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कलाका क्षेत्रमा चाहेर पनि लगानी गर्न नसकेको बताएका छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले आज आयोजना

Read More...

६ घण्टा १ मिनेटमा सगरमाथा र लोत्से चढेर मिङ्माले बनाए विश्व कीर्तिमान

आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। मंगलबार

Read More...

वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु

जेनेभा।  वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ। राष्ट्रसंघका लागि मानव अधिकार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu