मातृभुमि छोडेर विदेश आउने उल्टै देश सङ्ग मागेर बस्ने ?NRN को काम लिने हैन दिने हो : सुनिल खड्का

In Uncategorized, यूके समाचार

बेलायतमा एनआरएन यूकेको चुनावी सरगर्मी क्रमशः बढ्दै गएको छ । सेप्टेम्बर १४ मा हुने निर्वाचनमा विभिन्न पदका प्रत्यासीले आफ्नो आकांक्षा सार्वजनिक गर्ने लहर नै छ । यसैक्रममा एनआरएन अभियन्ता , समाज सेवी तथा एक सफल उद्यमी सुनिल खड्का आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गर्दै उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् । खड्का ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको सदस्य, गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार र परोपकार समितिको सदस्य सचिव र क्याट यूकेको उपाध्यक्ष समेत रहेका छन् । सफल व्यवसायीको रुपमा परिचित खड्का सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।  प्रस्तुत छ गैर आवासीय नेपाली अभियान सम्बन्धमा उनीसंग पत्रकार जगन कार्कीले गरेका कुराकानी

तपाईको उमेद्वारी किन ?
म विगत १८ वर्ष देखी वेलायतमा सकृय छु । विगतका दिन आफ्नो व्यक्तिग जीवनको सेटलमेन्टमै गए । अवका बाँकी दिन सकृय रुपमा समाजसेवामा लाग्ने प्रण गरेको छु । यस्तै म एक व्यवसायी पनि भएको हुनाले गैरआवासीय नेपाली संघ व्यवसायसंग पनि जोडिएको संस्था हो । यो संस्थामा लागेर परोपकार र नेपालमा लागानीको क्षेत्रमा केही गर्ने तिब्र इच्छा शक्तिका साथ उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।

समाज सेवा कि आफ्नो पहिचान स्थापित् गर्नको लागि ?
एउटा स्थापित व्यवसायीलाई व्यवसायले नै आफ्नो परिचय दिएको हुन्छ । त्यसको लागि गैरआवासीय नेपाली संघलाई माध्यम बनाउन आवश्यक पर्दैन् । म संस्थागत रुपमा केही गरौं भन्ने पवित्र भावना लिएर एनआरएनएमा आउन खोजेको हो । मेरो परोपकार प्रतिको प्रतिबद्धता माथि शंका नगर्न आग्रह गर्दछु ।

गैरआवासीय नेपाली संघमा के सुधार गर्न चाहानु हुन्छ ?
संघको मुख्य उदेश्य नेपालको समृद्धीनै हो । विदेशमा बस्ने नेपालीहरुले देशको लागि केही गरौं भन्ने भावना सहित नेपालको लागि नेपाली भन्ने नारा सहित यो अभियान शुरु भएको हो । त्यसैले संघका भावि योजना सबै नेपाल केन्द्रि हुनु पर्छ त्यो पनि लगानीको माध्य बाटै नेपालको समृद्धी सम्भवन छ भन्ने मेरो विश्वास हो ।

तपाइलाई जिताउनु पर्ने कारण के हुन् ?
समाजमा केही गर्छु भनेर तिब्र इच्छा लिएरआएको व्यक्तिलाई समाजले नजिताउला भन्ने कुरामा म शंका गर्दिन् । समाजले काम गर्ने चाहानेहरुको लागि मार्ग प्रसस्त गर्दिन्छ भन्ने विश्वास छ ।

चुनाव जित्नु भयो भने के के गर्नु हुन्छ ?
मैले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षमा जिते भने संघको विधानले उपाध्यक्षको लागि र्निदिष्ट गरेको रोल एण्ड रेस्पोसिविलिटी छन् त्यसलाई पालना गर्ने हो । संघको नेतृत्व अध्यक्षले गर्ने हो । उपाध्यक्षले कार्यसमितिले गरेको निर्णयहरुलाई कार्यन्वयन गर्ने अध्यक्षलाई सहयोग गर्ने हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मुद्धाविहीन भएको भन्ने सुनिन्छ नी ?
संघको स्थापनाकाल देखी उठाएका अधिकांस मुद्धाहरु सम्वोधन भएको अवस्था हो । नागरिकताको विषय कार्यन्वन हुने चरणमा छ । मातृभुमि छोडेर प्रवासमामा आउने अनि उल्टै देश सङ्ग मागेर बस्ने ? अव एनआरएनएले राज्यसंग माग्ने दिन सकिएसके सम्म बाचुन्जिेल देशको लागि केही गरेर मर्ने हो । यो अभियानले हाम्रा सन्ततीहरुलाई नेपालसंग जोड्ने ग्यारेन्टी नगरेर सम्म मुद्धा सकिदैन् ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सामुदायिक विद्यालयका ५ हजार दरबन्दी मिलान

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । आगामी शैक्षिक सत्र शुरु

Read More...

बिहीबार सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो

Read More...

आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu