हिरासतमा राखेको थुनवा फरार भएपछि दुई प्रहरी निलम्बित

In नेपाल, मुख्य समाचार, समाचार

कलैया । इलाका प्रहरी कार्यालय सिमौनगढमा चोरी मुद्दामा हिरातमा रहेका एक भारतीय थुनवा फरार भएपछि प्रहरी हबल्दारसहित दुई जना निलम्बनमा परेका छन्।

निलम्बित हुनेमा प्रहरी हलबदार शशिकान्त चौधरी र प्रहरी जवान अशोककुमार साह रहेका प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिए। 
    
चोरी मुद्दामा भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत लिपनी ४ निवासी वर्ष १९ का फिरोज मियाँ मङ्गलबार राति ८ बजे खाना खुवाउने क्रममा हिरासतबाट भागेका थिए।

कर्तव्य पालनको सिलसिलामा रहेका ती दुई प्रहरीको लापरवाहीका कारण हिरासतबाट मियाँ भाग्न सफल भएको हुँदा निलम्बन गरिएको प्रहरी प्रवक्ता राठौरले बताए।

सिम्रौनगढ नगरपालिका–३ न्यकाटोल निवासी गौरीशङ्कर यादवको घरमा चोरी गरेको मुद्दामा मियाँलाई यही साउन ४ गते पक्राउ गरिएको थियो।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बाबुको हत्या आरोपमा युवक पक्राउ

रौतहट । आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत २८ माघमा रौतहटको दुर्गा भगवती

Read More...

बलेवा बिमानस्थल कालोपत्रे सुरु

बागलुङ नगरपालिका नारायणस्थानमा रहेको बलेवा बिमानस्थल शुक्रबारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १४

Read More...

स्काभेटर पल्टिदा सहचालक घाइते

बागलुङको जैमिनीमा स्काभेटर पल्टिएको छ । जैमिनी नगरपालिका वडा नं. ३ दमेक स्थित बाँसखानीमा स्काभेटर पल्टिदा सहचालक घाइते भएका

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu