विश्वको सबै भन्दा बढी सदस्य संख्या भएको देशबाट अध्यक्षको उम्मेदवारी स्वाभाविक: आचार्य

In यूके समाचार

लण्डन। आगामी अक्टोवर २०१९ मा एनआरएनए केन्द्रिय निर्वाचन हुदैछ।

घोषणापत्र सहित औपचारिक घोषणा बांकी रहेपनि वर्तमान उपाध्यक्ष कुल आचार्यले विश्वभरका 

गैर आवासीय नेपाली र सञ्चारकर्मीहरुसंग परामर्श थालेका छन् |

चुनाव आउन झन्डै १०० दिन बांकी रहंदा अध्यक्षका सशक्त प्रत्यासी कुल आचार्यले आफ्नो 

अभियानलाई तीव्रता दिएका छन् ।

लन्डनका सफल व्यवसायी आचार्यले बेलायतमा क्रियाशिल पत्रकारहरुलाई निवासमै एक अनौपचारिक कार्यक्रम राखेर सुझाव मागेका थिए ।

लण्डनमा सक्रिय पत्रकारिता गरेका पत्रकारहरु माझ उनले एनआरएनको आगामी नेतृत्वका लागि आफू आकांक्षी र तयार भएको स्पष्ट पारे।

Photo : Shiva Bhandari

गैर आवासीय नेपालीको साझा मुद्दा रहेको नेपाली नागरिकताको निरन्तरता, लगानी अभिवृद्धि, 

कल्याणकारी काम, सीप हस्तान्तरण, आर्थिक समृद्धि जस्ता प्रमुख विषय आफ्नो प्राथमिकतामा 

रहेको जनाउंदै आचार्यले विस्तृत एजेण्डाएनसीसीका निर्वाचनहरु सकिएपछि औपचारिक 

घोषणासभा  मार्फत गर्ने योजना पनि सुनाए।

आफुलाई अनावश्यक  मिडिया आक्रमण हुने गरेको र केहि अराजक तत्वहरु खुलेर भ्रम फैलाउन 

लागेको भन्दै उनले  आफ्ना प्रतिस्पर्द्धीलाई भ्रम फैलाउन भन्दा सभ्य र सुसंस्कृत प्रतिस्पर्द्धामा 

आउन शुभकामना पनि दिए  ।

सो अवसरमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, उपाध्यक्षद्वय श्याम 

लुईंटेल, ध्रुवराज अर्याल, महासचिव सञ्जय कंडेल, सचिव शिव भण्डारी, सल्लाहकारहरु 

भगिरथ योगी, फडिन्द्र भट्टराई, नवीन पोखरेल साथै अन्यपत्रकारहरु खुशी लिम्बु, 

बाचस्पति रेग्मी, एभरेष्ट गौतम, नारायण गाउंले, जगन कार्की, दिनेश परियार, 

मन्जु भण्डारी, विनय अधिकारी, उमेश मोक्तान, सुरज कार्की, सुरज पौडेल, प्रकाश कंडेल 

लगायतले आचार्यलाई सुझाव दिएका  थिए । 

कार्यक्रममा अधिकांशले एनआरएनएको उत्पत्ती भएको देश, अझ बेलायतले  केन्द्रिय नेतृत्व लिने 

यो ऐतिहासिक अवसरमा साथ दिन  सवै बेलायतवासिको कर्तव्य रहेकोमा कुल आचार्यको 

उम्मेदवारीले  थप उत्साह जगाएको भन्दै  सबैलेसकेको सहयोग गर्ने  प्रतिवद्धता व्यक्त

गरेका थिए  ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

करेन्ट लागेर मजदुरको मृत्यु

बेनी : जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा

Read More...

राजतन्त्र पुनस्र्थापना हुने खतरा बढ्यो : केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको

Read More...

सफल ब्यबसायी तथा समाजसेवी शकुन गुरुङको सह-कोशाध्यक्षमा उमेद्वारी

ब्यबसायी तथा समाजसेवी शकुन गुरुङले आसन्न गैर आवासीय नेपाली संघ बेलायतको सह-कोशाध्यक्षमा उमेद्वारी दिएकी छन् । एक सफल महिला

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu