एनआरएन यूकेको अध्यक्षमा कर्मठ शेर सुनारको उम्मेद्वारी

In NRNA News, मुख्य समाचार, यूके समाचार, समाचार

लण्डन । एनआरएन स्थापनाकालदेखि हरेक कार्यकालमा सल्लाहकारको जिम्मेवारी समाल्दै आएका हाल एनआरएन यूकेको उपाध्यक्षको जिम्मेवारी समालिरहेका शेर बहादुर सुनारले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।एनआरएनको यात्रामा पवित्र उद्देश्य, संस्थाप्रति इमान्दार र मर्यादित हुँदै यस संस्थाको भौतिक विकास र संस्थाको दायित्वलाई फराकिलो बनाउन अझैँ आफ्नो जिम्मेवार बढेको महसुस गर्दै सन् २००१७ मा उपाध्यक्षको जिम्मेवारी समालीरहेका सुनारले, संस्थाले गरेको अपेक्षाभन्दा पनि अब्बलताका साथ पुरा गरेका छन् ।
बेलायतका दर्जनभन्दा बढी संघसंस्थामा बसेर काम गरिसकेका उनि बेलयातवासी नेपालीहरुमाझ एकदम लोकप्रिय छन् । सामाजिक संघसंस्थाको कुरा गर्दा उनी सिर्जनशील नेपाली समाज यूकेको फाउण्डर प्रेसिडेन्ट एवं संरक्षक, इन्टेक १९८५ का फाउण्डर प्रेसिडेन्ट एवं सल्लाहकार, शिव कल्चर नेपाली कम्युनिटीका संस्थापक उपाध्यक्ष, लम्जुङ समाज युकेका सल्लाहकार, ग्रेटर रसमोर नेपाली कम्युनिटिका सल्लाहकार, यति एसोसियशन युकेका सल्लाहकार रहेको छन् ।
एनआरएन स्थापनाको संस्थापक पञ्जीकृत सदस्य भएको नाताले एनआरएन यूकेमा उनले गर्दै आएको र पुर्याएको योगदान सधै महत्वपूर्ण रहँदै आएको छ । गैर आवासीय नेपाली संघ यूकेको उपाध्यक्षका साथै सदस्यता वितरण संयोजक रहेका सुनारले २०१७ देखि २०१९ कार्यकालमा सबैभन्दा ठूलो काम सदस्यता विस्तार अभियानलाई जोड दिएका थिए । १० हजार पञ्जीकृत सदस्यता बढाउने उद्देश्यका साथ विभिन्न क्षेत्रमा अभियान नै सञ्चालन गरेका सुनारकै योगदानका कारण एनआरएन यूके विश्वकै ठूलो राष्ट्रिय समिति बन्न सफल भएको छ ।
अंग्रेजी नजान्ने वृद्धवृद्धा बुबाआमाहरुलाई ‘लाईफ ईन युके’ अर्थात बेलायतको जनजीवन बारे आवश्यक जानकारी गराउन बिशेष कार्यक्रम ल्याउन प्रयत्न गर्ने, त्यसैगरी नजिकका आफन्त नभएका वृद्धवृद्धा बुबाआमाहरुलाई आपतविपत परेको अवस्थामा आफ्नो कार्यसमितिले पहिलो प्राथमिकता दिने घोषणासभामा जानकारी दिईसकेका छन् ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मातृभावलाई आत्मबोध गर्दै विदेशी नागरिकता लिएका नेपालीहरूलाई मतदानको अधिकार बाहेक अन्य अधिकारसहितको दोहोरो नागरिकता पाउनुपर्छ भन्ने सबालमा नेपाल सरकारसँग सुनारको संस्थागत पहल अतुलनिय रह्यो र फलस्वरूप विधान राष्ट्रियसभाबाट पारित भइसकेको र प्रतिनिधि सभाबाट पारितको प्रतिक्षामा छ ।

त्यसैले अब कुनै जात, धर्म, क्षेत्र, लिङ्ग तथा कुनै राजनैतिक ध्रुबको आधारमा नभै एक कर्मठ, शालीन, सक्षम, अनुभवी र नेतृत्व शक्तिलाई आधार मान्दै आगामी सेप्टेम्बरमा बेलयतमा हुन गैरहेको चुनावमा अध्यक्षको पदमा शेर सुनारलाई बिजय गराउन एन आर एन अभियानका अनुभबी समाबेसी बयक्तिहरु सबै एक ढिक्काभई लागि पर्नु र समाजका सबै अग्रजहरुको समेत समर्थन र सहयोग रहेकोछ ।
म लगाएत मलाई सहयोग गर्ने अन्य सक्षम बयक्तिहरुलाई १४ सेप्टेम्बरका दिन आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले बिजय गराउन सबै मतदाताहरुमा हार्दिक अपील गर्नु भएकोछ ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu