चर्चित सर्जन एनआरएन युकेको चुनावी दौडमा

In यूके समाचार

लन्डन —बेलायतको लिभरपुलमा एनएचएसको परामर्शदाताका रुपमा कार्यरत डा. सुनिल साहले यही सेप्टेम्बर १४ मा हुन गइरहेको निर्वाचनमा एनआरएन युकेको कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

गएको २२ वर्ष देखि बेलायतमा बसोबास गरिरहेका डा. साह मुख तथा म्याक्सिलो फेसियल विधाका चर्चित सर्जन हुन्। 

 “झन्डै १४,००० सदस्य सहित एनआरएन युके संसारमै सबै भन्दा बढी सदस्यहरु भएको राष्ट्रिय समन्वय परिषद बन्न पुगेको छ। अब हामीले  युकेमा बसोबास गरिरहेका जनजाति, मधेशी लगायत सबै नेपाली समुदायको प्रतिनिधित्व हुने गरी नयां कार्य समिति चुन्नु पर्दछ,“ उनले भने।

मुख तथा म्याक्सिलो फेसियल विधाका चर्चित सर्जन डा. साहकै सक्रियतामा २ नम्बर प्रदेश अन्तर्गत जनकपुरधाममा ‘क्रेनियो फेसियल सेन्टर नेपाल’ स्थापना गरिएको छ। 

“बेलायतस्थित नेपाली समुदायलाई एकताबद्ध गर्न र आफ्नो पेशागत सीप र दक्षता नेपाल र नेपालीको हितमा लगाउने उद्देश्यले मैले सदस्य पदमा उम्मेदवारी दिएको हुँ । सबै मतदाताहरुको सहयोग र समर्थन पाउने मैले विश्वास लिएको छु,” उनले भने।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

महिलालाई फोन गरेर जिस्क्याउने दुईजना पक्राउ

वीरगञ्ज । फोन गरेर महिलालाई जिस्क्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देवताल गाउँपालिका– २ बस्ने २० बर्षीय

Read More...

प्रधानमन्त्री ओलीलाई चुनौति दिँदै गृहमन्त्री थापाले भनेः एमसीसी अस्वीकार्य

सुर्खेत। गृहमन्त्री राम बहादुर थापाले नेपाल सरकराले एमसीसी सम्झौता अस्वीकार गर्ने बताएका छन्। गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा

Read More...

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu