बुद्ध फ़ाउन्डेशन यू के का अध्यक्ष दीपक श्रेष्ठ को एनआरएन इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा उम्मेदवारी

In मुख्य समाचार, यूके समाचार, समाचार

लण्डन । एनआरएन यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा बेलायतका चर्चित एवम लोकप्रिय एनआरएन अभियन्ता दीपक श्रेष्ठले उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघले बेलायत भरी ४ राज्य समन्वय परिषद स्कटल्याण्ड, वेल्स, नर्दनआईल्याण्ड र ईण्ल्याड गठन गरेको छ । आउँदो सेप्टेम्बर १४ मा हुने निर्वाचनबाट पहिलो पटक गठन हुन लागेको इंग्ल्याण्ड राज्य परिषदमा अध्यक्ष पदको लागि श्रेष्ठ उम्मेदवार बन्न लागेका हुन् । यसअघि एनआरएन यूके उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा गरिएका श्रेष्ठ पछिल्लो समय उम्मेदवार नबन्ने मनस्थितिमा थिए । एनआरएन यूकेले हालै इंग्ल्याण्ड राज्य परिषदको समेत निर्वाचन गर्ने निर्णय गरेपछि भने उनले राज्य परिषदको अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । “मलाई केहि अग्रजहरूले उपाध्यक्ष अथवा आई सि सि मा उठन सल्लाहा पनि दिनु भएको थियो तर म पद भन्दा पनि उचित भुमिका को खोजिमा थिए, जुन कुरा राज्य समन्वय परिषदमा बसेर गर्न सकिन्छ भन्ने लागेर मैले यस पदमा उम्मेदवारी दिएको हु “ श्रेष्ठ ले भने। यो भुमिकामा ईण्ल्याण्ड बासी नेपाली दाजु- भाई आमा-बुबा हरूको घर दैलोमा पुगेर एनआरएन को महत्व, आवश्यकता र भुमिका बारे जानकारी गराएर उहॉहरूको भावना अनुसार एनआरएन लाई सबैको प्यारो छाता संगठन बनाउन सकिन्छ , उहाँ ले थप्नु भयो। इंग्ल्याण्ड राज्यको अध्यक्षका रुपमा श्रेष्ठले एनआरएनलाई ग्रास रुटसम्म पुर्याउने, स्वस्र्फुत रुपमा संस्थाको सदस्यता लिने वातावरण निर्माण गर्ने, स्थानीय संघसंस्था र समुदायको भावना बुझ्ने, एनआरएनको औचित्य र महत्वबारे बुझाउने लगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन् । एनआरएन यूकेको २०१३ – १५ कार्यसमितिमा सदस्य एवम् २०१५ – १७ मा कोषाध्यक्षको रुपमा श्रेष्ठले निभाएको प्रभावशाली भुमिकाको एनआरएन वृत्तमा अहिलेसम्म पनि चर्चा हुने गरेको छ । बेलायतका एकजना सफल युवा व्यवसायी उनी सामाजिक क्षेत्रमा समेत कहलिएका अभियन्ता हुन् । बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष उनकै नेतृत्वमा अहिले १ करोड २५ लाख रुपियाको लगानीमा कपिलवस्तुमा बुद्ध वृद्धाश्रम निर्माणाधिन छ । श्रेष्ठकै अवधारणा र नेतृत्वमा लण्डनको ट्राफल स्क्वायरमा हरेक वर्ष बुद्धजयन्ती कार्यक्रम पनि आयोजना हुंदै आएको छ । २००७ देखि बेलायत को बसाई देखि आफ्नै जातीय संगठन पासा: पुच गुठि साउथ ईस्ट लण्डन बाट सामाजिक कार्यको यात्रा सुरू गरे । उनि यस संस्थामा सह- कोषाध्यक्ष, कोषाध्यक्ष , महा-सचिव हुदै उपाध्यक्ष को ज़िम्मेवारी सम्हालदै हाल केन्द्रीय को सदस्य को रूपमा कार्यरत छन । उनी कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्ष तथा पशुपती मन्दिर बेलायतका ट्रष्टि बोर्डका सदस्य पनि हुन । त्यसै गरी ईनास ग्लोबल, प्रतिभा नक्षत्र , एनआरएन यूके, पासा पुच साउथ ईस्ट लण्डन लगायतका बेलायतस्थित थुप्रै सामाजिक संघसंस्थामा उनी सल्लाहकार छन् ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu