आज नेकपा सचिवालय बैठक बस्दै

In नेपाल, मुख्य समाचार, समाचार

काठमाडौं । पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक  बस्दै छ । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी दिए ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत भदौ ९ गते बैठक बसेको थियो।

नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन्।

दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो।

यसैगरी सोही बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णयसमेत गरेको थियो।

प्रधानमन्त्री उपचार गरेर फर्केपछि पहिलोपटक आज सचिवालयको बैठक बस्न लागेको हो। उनी उपचारका लागि सिङ्गापुर गएको दिन गत भदौ ५ गते पनि सचिवालय बैठक बसेको थियो।

रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu