रक्सीको मातमा प्रेमिकाको हत्या

In नेपाल, मुख्य समाचार, समाचार

विराटनगर : झापाको गौरादह नगरपालिका-६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चुँडालले दुई वर्षदेखि आफूसँगै राखेकी एक महिलाको हत्या गरेका छन् । महिलाको हत्यापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट मंगलबारराति पक्राउ गरेको छ ।

प्रहरीले हत्या गरिएकी अन्दाजी ३५ वर्षीया महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन। गत शनिबार बिहान रतुवामाई नगरपालिका-६ का हरिबहादुर खड्काको खाली रहेको ग्वाली घरमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत अवस्थामा भेटिएकी थिइन् । 

प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबार राति मृत्यु भएको थियो । स्थानीय बासिन्दाले दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै ग्वालीमा ल्याएर छाडेर चुँडालले काम गर्न जान्छु भन्दै उनी हिँडेको जानकारी प्रहरीलाई दिएका थिए ।

शुक्रबार राति अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र त्यही क्रममा पुण्यले लात्ता र मुक्‍काले प्रहार गर्दा महिलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार दुई वर्षअघि झापाको दमकमा ज्याला मजदुरी गर्ने क्रममा पुण्य र ती महिलाको भेट भएको खुलेको छ । ‘दुई वर्षदेखि दुवै जना सँगै बस्दा रहेछन्,’ मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले भने, ‘मदिरा सेवनका कारण उत्पन्न विवादपछि महिलाको ज्यानै जाने गरी कुटपिट गरेर छाडेको पाइयो ।’ डीएसपी श्रेष्ठले दुई वर्षदेखि आफूसँगै राखे पनि ती पुरुषले महिलाको बारेमा थाहा नभएको बताएका छन् । 

प्रहरीकाअनुसार नाम सिर्जना पोखरेल र घर झापाको बिर्तामोड हो भनेर आफूलाई सुनाएको हत्यामा संलग्न पुण्यले बताए पनि नाम र ठेगाना यकिन भएको छैन । ‘काम गर्ने क्रममा भेट भएपछि दुवै जनासँगै बस्ने सल्लाह गर्‍यौं । दुवै मिलेर मदिरा सेवन गर्ने गरेका थियौं,’ उनलाई उद्रित गर्दै प्रहरीले भन्यो, ‘तर उनको नाम र ठेगाना कहाँ हो भन्ने कुरा मलाई थाहा छैन । 
दुईजनासँगै बस्ने भएपछि केही समय धनुषाको ढल्केबरमा गएर होटलमा भाँडा माझ्ने काम पनि गरे। डीएसपी श्रेष्ठकाअनुसार दुवैजनाको बस्ने ठाउँको यकिन थिएन् । काम गर्ने क्रममा जहाँ पुग्यो त्यहीं बस्ने गरेको खुलेको उनले बताए । 

घटना भएको रात कसैले पनि बास नदिएपछि दुवैजना एउटा बाँस झ्याङमा गएर बसेको र महिलामाथि त्यहीँ कुटपिट गरेको खुलेको प्रहरीको भनाइ छ । पुण्य यसअघि पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ । चोरी, सर्वजनिक अपराध, महिलामाथिको दुरव्यवहारलगायतका घटनामा उनी पटक-पटक जेल परेर छुटेको पुष्टि भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकै कारण उनलाई गाउँले र घर परिवारले पनि बहिस्कार गरेको पाइएको छ । श्रीमतीले पनि छाडेर हिँडेको प्रहरीले जनाएको छ । बहिस्कारपछि उनी गाउँमा नजाने र बाहिरबाहिरनै बस्ने गरेको खुलेको छ । 

बाहिर काम गरेर बस्ने क्रममै भेट भएकी महिलालाई विभिन्न प्रलोभनमा पारेर लामो समयदेखि आफूसँगै राखेको र मदिरा सेवनका कारण उत्पन्न विवादपछि हत्या गरेर उनी फरार बनेको जनाइको छ । 

पक्राउ परेका पुण्यविरुद्ध बुधबार कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर झगडा गर्न थालेपछि खुट्टा र मुक्‍का हानेर कुटपिट गरेको र उठ्नै नसक्ने भएपछि छाडेर हिँडेको उनले प्रहरीलाई बताएका छन् । 

अन्नपूर्ण पोष्ट

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu