एनआरएन युकेको मतगणना शुरु

In यूके समाचार

लन्डन– गत शनिवार मतदान भए पछि उत्पन्न विवादका कारण रोकिएको एनआरएन युकेको मतगणना प्रक्रिया बिहीबार दिउंसोदेखि शुरु भएको छ।

केही मतदान केन्द्रहरुमा अनियमितता भएको भन्दै लिखित उजुरी परेपछि गत आइतबार शुरु गरिएको मतगणना विवादका कारण लगत्तै स्थगित गरिएको । दुवै पक्षबीच सहमति बन्न नसके पछि बुधबार एनआरएनए आइसीसीले एक पत्र पठाएको थियो।

पत्रमा केन्द्रिय उपाध्यक्ष कुल आचार्यको नेतृत्वमा सहकोषाध्यक्ष सोम सापकोटा, आइसीसीका सल्लाहकारहरु डा हेमराज शर्मा एवं सुरेन्द्र श्रेष्ठ तथा युरोप संयोजक शिव बरुवाल सहितको रोहवरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत सम्मिलित गरी तुरुन्त मतगणना कार्य सम्पन्न गर्न अनुरोध गरिएको थियो।

बुधबार अबेर फार्नबरोमा बसेको एक बैठकमा उपाध्यक्ष आचार्यले निर्वाचन समिति तथा दुवै उम्मेदवार समेतसंग बैठक गरि आइसीसीको पत्र पढेर सुनाएका थिए।

यसअघि बुधबार बसेको एनआरएन युके निर्वाचन समितिको बैठकले निर्वाचन समितिका सदस्य रिटायर्ड लेफ्टिनेन्ट कर्णेल याम बहादुर रानाको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो। समितिमा रिटायर्ड मेजर कृष्ण गुरुङ तथा उमेश मोक्तान सदस्य रहेका छन् ।

दुवै उम्मेदवारहरुले बुधबार राती एक सहमतिपत्रमा हस्ताक्षर गरे पछि अल्डरशटस्थित एम्पायर हलमा बिहीबार दिउसो २:३० बजे देखि मतगणना प्रक्रिया शुरु भएको छ।

मत गणना स्थलमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ भने भोलि बेलुकी सम्ममा मतगणना सम्पन्न गर्ने लक्ष रहेको निर्वाचन प्रवक्ता शिवजी श्रेष्ठले बताए ।

Video

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बालिका अपहरण आशंकामा एक जना पक्राउ जनमञ्च संवाददाता

बागलुङ– एक बालिका लाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक

Read More...

निर्वाचनमा धाँदली भएकै होः कुल आचार्य

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्षका प्रत्यासी तथा तत्कालिन उपाध्यक्ष कुल आचार्यले निर्वाचनमा धाँदली

Read More...

फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न!

१९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो। समाजका अध्यक्ष गजेन

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu