इङ्ल्याण्ड राज्य समन्वय परिषदको प्रथम अध्यक्ष पदमा दीपक श्रेष्ठ

In कला तथा मनोञ्जन, मुख्य समाचार, यूके समाचार, समाचार

लण्डन । एनआरएन यूकेको इङ्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा बेलायतका चर्चित एवम् लोकप्रिय एनआरएन अभियन्ता दीपक श्रेष्ठ निर्बाचित भएका छन् । श्रेष्ठले ३१२० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी भिम सारूलाई २१५ मतले पछाडि़ छोडन सफल भएका छन् ।
श्रेष्ठले उनलाई बिजयी बनाइदिएकोमा,बेलायतबासी सम्पूर्ण मतदाता, आमा बुबा, दाजु भाई, दिदि बहिनी ,साथीभाई तथा आफन्तहरूलाई हार्दिक धन्यवाद दिएका छन्।
उनले यसलाई बिजयी भन्दा पनि काम गर्न पाएको अवसरको रूपमा लिएका छन् । निर्वाचनमा हार जित स्वभाविक हो । जित्नु आफैमा चुनौतीपूर्ण कार्य हो तर जिते पछि अझै धेरै चुनौतीहरू छन् ,उनले भने ।

एनआरएन यूके उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा गरिएका श्रेष्ठ एनआरएन यूकेले हालै इङ्ल्याण्ड राज्य परिषदको समेत निर्वाचन गर्ने निर्णय गरेपछि भने उनले राज्य परिषदको अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

बिजयी भए पछि श्रेष्ठ लेभने “आई सि सि का पूर्ब अध्यक्ष आदरणीय शेष घले दाजुले , भाई, तपाईँ उपाध्यक्ष अथवा आई सि सि मा किन नउठ्नु भएको? हालै उनको बेलायत भ्रमणको भेंटमा सोधे । मैले दाजुलाई भनेँ , म पदभन्दा पनि उचित भूमिका को खोजिमा थिएँ, जुन कुरा राज्य समन्वय परिषदमा बसेर गर्न सकिन्छ भन्ने लागेर मैले यस पदमा उम्मेद्वारी दिएको हुँ। ।
इङ्ल्याण्ड बासी नेपाली दाजु, भाई ,आमा, बुबाहरूको घर दैलोमा पुगेर एनआरएनको महत्व, आवश्यकता र भूमिकाबारे जानकारी गराएर उहॉहरूको भावना अनुसार एनआरएनलाई सबैको प्यारो छाता संगठन बनाउन जरूरी छ तर यो धेरै चुनौतीपूर्ण कार्य हो।असम्भव चाहिँ पक्कै होईन ।श्रेष्ठ ले जोड़ दिए ।
इङ्ल्याण्ड राज्यको अध्यक्षका रुपमा श्रेष्ठले एनआरएनलाई ग्रास रुटसम्म पुर्याउन, स्वतस्फूर्त रुपमा संस्थाको सदस्यता लिने वातावरण निर्माण गर्न, स्थानीय संघ संस्थाहरूसंग सहकार्य गर्दै अगाडी बढ्न बेलायतबासी सम्पूर्ण अभियन्ताहरूबाट सहयोग हुने कुरामा आशावादी छन् ।
एनआरएन यूकेको २०१३ – १५ कार्यसमितिमा सदस्य एवम् २०१५ – १७ मा कोषाध्यक्षको रुपमा श्रेष्ठले निभाएको प्रभावशाली भूमिकाको एनआरएन वृत्तमा अहिलेसम्म पनि चर्चा हुने गरेको छ । बेलायतका एकजना सफल युवा व्यवसायी उनी सामाजिक क्षेत्रमा समेत कहलिएका अभियन्ता हुन् । बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष उनकै नेतृत्वमा अहिले १ करोड २५ लाख रुपियाँको लगानीमा कपिलवस्तुमा बुद्ध वृद्धाश्रम निर्माणाधीन छ । श्रेष्ठकै अवधारणा र नेतृत्वमा लण्डनको ट्राफल स्क्वायरमा हरेक वर्ष बुद्धजयन्ती कार्यक्रम पनि आयोजना हुँदै आएको छ ।
२००७ देखि बेलायत को बसाई देखि आफ्नै जातीय संगठन पासा पुच गुठि साउथ ईस्ट लण्डनबाट सामाजिक कार्यको यात्रा सुरू गरे । उनी यस संस्थामा सहकोषाध्यक्ष, कोषाध्यक्ष , महासचिव हुँदै उपाध्यक्षको ज़िम्मेवारी सम्हाल्दै हाल पासा पुच गुठिको केन्द्रीय सदस्यको रूपमा कार्यरत छन ।
उनी कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्ष तथा पशुपति मन्दिर बेलायतका ट्रष्टी बोर्डका सदस्य पनि हुन् । त्यसै गरी ईनास ग्लोबल, प्रतिभा नक्षत्र , पासा पुच साउथ ईस्ट लण्डन लगायतका बेलायतस्थित थुप्रै सामाजिक संघसंस्थामा उनी सल्लाहकार छन् ।

आशा छ , उनको कार्यकाल पनि बिगतका दिनहरूमा जस्तै सफल हुनेछ। उहॉ लाई सफलताको लागी मंगलमय शुभकामना ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बालिका अपहरण आशंकामा एक जना पक्राउ जनमञ्च संवाददाता

बागलुङ– एक बालिका लाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक

Read More...

निर्वाचनमा धाँदली भएकै होः कुल आचार्य

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्षका प्रत्यासी तथा तत्कालिन उपाध्यक्ष कुल आचार्यले निर्वाचनमा धाँदली

Read More...

फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न!

१९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो। समाजका अध्यक्ष गजेन

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu