सुदुर पश्चिम समाज यूकेले देउडा नाच्दै दशैँ मनायो

In यूके समाचार

लण्डन — सु.प समाज युकेले सेप्टेम्बर २८ ,शनिवारका दिन गोल्नडेन सिप रेस्टुरेन्ट, ह्यारोमा नेपालीहरुको महान चाड दशै मनायो। कार्यक्रम बेलुका ५ बजे देखि ११ बजे सम्म चलेको थियो ।
सुरेन्द्र ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा श्याम चन्द र कोमल मल्लले शुभकामना व्यक्त गरेका थिए भने योगेस महतले सांस्कृतिक कायकम संचालन गरेका थिए ।
भान ब चन्द र खेमराज जोशीले गेटमा सहभागिहरुलाइ स्वागत गरेका थिए भने कल्पना जोशीले देउडाले दर्शकलाइ नचाएका थिए ।

बाशुदेव जोशी ,सिपि गिरी र डा खेम जोशीले हल सजावटमा सहयोग गरेका थिए । ओएएफ अध्यक्ष राजेन्द्र पुडसैनि र एनआरएनए महिला सचिव रंजिता मल्लले पनि दशैको शुभकामना दिएका थिए ।

राइझुमा देउडा गितले हलमा दर्शक हरुलाइ नचाएको थियो। समितिका उपाध्यक्ष शैली चन्द राणा र सल्लाहकार पुष्पा शाहि मल्ल लगाएतका महिला हरुको सहभागिता उल्लेख्य रहेको थियो।
कार्यक्रममा १०० जना बढी सहभागि रहेका थिए भने कार्यक्रमको संचालन मोर्गेज एडभाइजर गणेश अधिकारीले गरेका थिए ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बालिका अपहरण आशंकामा एक जना पक्राउ जनमञ्च संवाददाता

बागलुङ– एक बालिका लाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक

Read More...

निर्वाचनमा धाँदली भएकै होः कुल आचार्य

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्षका प्रत्यासी तथा तत्कालिन उपाध्यक्ष कुल आचार्यले निर्वाचनमा धाँदली

Read More...

फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न!

१९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो। समाजका अध्यक्ष गजेन

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu