फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न!

In कला तथा मनोञ्जन, मुख्य समाचार, यूके समाचार, समाचार

१९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो।

समाजका अध्यक्ष गजेन कटुवालको सभापतित्वमा संपन्न उक्त कार्यक्रमको औपचारिक सत्रको संचालन संस्थाका महासचिव लेख खरेलले गरेका थिए भने औचारिक स्वागत मन्तब्य संस्थाका सचिव धन छेत्रीले गरेका थिए ! दुइ सत्रमा बिभाजित कार्यक्रममा दोश्रो अनौपचारिक सत्र सांस्कृतिक संयोजक सुनीता थापाले गरेकी थिइन।

यस बर्ष डार्टफोर्डमा बसाई सरि आएका(१८परिवार) नवआगन्तुकलाई पुष्पसहित संस्थाका अध्यक्ष गजेन कटुवालले स्वागत गरेका थिए भने शैक्षिक उपलब्धि हासिल गरेका नानीबाबुहरुलाइ प्रसंसा पत्र प्रदान गरिएको थियो यस पटकको डार्टफोर्डको दशैतिहार शुभकामना साँझको आकर्षण भने संस्थाका अध्यक्ष गजेन कटुवालको परिकल्पना, सम्बाद तथा लेखनमा रामायणको कथामा आधारित   “दशैनाटिका ” रहयो, जसलाई कोरियोग्राफर सुनीता थापाले निर्देशन गरेकी थिइन, ।डार्टफोर्डका स्कुल तथा कलेजमा अध्यनरत नानिबाबू तथा अभिवावकद्वारा अभिनीत उक्त नाटिकालाई अत्यन्तै सराहना प्राप्त भयो, पूर्णरुपमा अंग्रेजीमा अभ्यस्थ नानीबाबुहरुद्वारा गरिएको सम्बाद त्यों पनि पौराणिक कथाको भाषा बोल्न लगाउनु र संबादलाई मंचमा उतार्नु चुनौती रहेपनि उक्त नाटिकाको कलाकारहरुले पहिलो प्रयास अत्यन्तै राम्रो संग गरे  सम्बाद, अभिनय तथा निर्देशनको हिसाबले नाटिकालाई अत्यन्तै न्याय गरेको कुरा लेखकले बताए भने सो कुरा दर्शकहरुबांट बिसेष गरी कलाकारहरुसंग तस्बीर खिचाउन गरिएको आग्रहले समेत पुस्टि गर्यो  ।

सानादेखि ठुला बच्चाहरुलाइ इंगेज गर्ने उद्देश्य अनुरूप कार्यक्रम तय गरिएको थियो जस्मा नेपाली कक्षाका ( डार्टफोर्ड नेपाली समाजद्वारा संचालित ) साना नानीबाबुहरुले आफ्नो प्रतिभाले सबैलाई मुग्ध पारेका थिए भने स्थानीय कलाकारहरुको गितले अझ रोचकता प्रदान गरेको थियो।

A group of people sitting at a table in front of a crowd
Description automatically generated
A group of people standing in a room
Description automatically generated
A picture containing indoor, table
Description automatically generated

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सामुदायिक विद्यालयका ५ हजार दरबन्दी मिलान

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । आगामी शैक्षिक सत्र शुरु

Read More...

बिहीबार सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो

Read More...

आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu